आइतबार, असार २८, २०८३

च्याम्पियन्स लिगको नयाँ सिजन आजबाट

यूईएफए च्याम्पियन्स लिग (यूसीएल)को नयाँ सिजन आजबाट सुरु हुँदैछ।
 |  मंगलबार, कात्तिक ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ४, २०७७

काठमाडौं– यूईएफए च्याम्पियन्स लिग (यूसीएल)को नयाँ सिजन आजबाट सुरु हुँदैछ। युरोपियन शीर्ष फुटबल लिगको रुपमा स्थापित च्याम्पियन्स लिगको समूह चरण अन्तर्गतका खेल आजबाट सुरु हुने भएका हुन्।

च्याम्पियन्स लिगमा समूह चरण अन्तर्गत ८ टिम छन्। यसमा यूरोपियन शीर्ष चार देशका ४–४ टिम र फ्रान्सका तीन सहित अन्य देशका घरेलु लिगविजेता टिमको समेत सहभागिता रहन्छ।

पोर्चुगलको लिस्बनमा सम्पन्न गत सिजनको फाइनल खेलमा जर्मन क्लब बायर्नले फ्रेन्च क्लब पीएसजीलाई हराउँदै उपाधि जितेको थियो।

आजको खेलः

पीएसजी र म्यानचेस्टर युनाइटेड, राति पौनै १ बजे

चेल्सी र सेभिया, राति पौनै १ बजे

बार्सिलोना र फेरेन्कावारोस, राति पौनै १ बजे

लाजियो र डर्टमुन्ड, राति पौनै १ बजे

लाइप्जिक र इस्तानबुल बसाकसेइर, राति पौनै १ बजे

युभेन्टस र डायनामो किएभ, राति १०ः४० बजे

कुन समूहमा कुन टिम ?

समूह एः बायर्न म्युनिख, एट्लेटिको म्याड्रिड, एफसी साल्जबर्ग, लोकोमोटिभ मस्को

समूह बीः रियल मड्रिड, शाख्तार डोनेस्क, इन्टर मिलान, बोरुसिया मोन्चेनग्लाडबाक

समूह सीः एफसी पोर्टो, म्यान्चेस्टर सिटी, ओलाम्पियाकोस, मार्से

समूह डीः लिभरपुल, अयाक्स, एटलान्टा, एफसी मिद्त्जील्यान्ड

समूह ईः सेभिया, चेल्सी, क्राज्नोडार, रेन्स

समूह एफः जेनिथ सेन्ट पिटर्सबर्ग, बोरुसिया डर्टमुन्ड, लाजियो, क्लब ब्रुग

समूह जीः युभेन्टस, बार्सिलोना, डिनामो किएभ, फेरेनचारोस

समूह एचः पेरिस सेन्ट जर्मेन, म्यानचेस्टर युनाइटेड, आरबी लाइप्जिग, इस्तानबुल बसाकसेइर

प्रकाशित: Oct 20, 2020| 09:08 मंगलबार, कात्तिक ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।