बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • बुटवलमा संस्थापनकी रीतालाई हराउँदै पाैडेल पक्षका खेलराज विजयी

बुटवलमा संस्थापनकी रीतालाई हराउँदै पाैडेल पक्षका खेलराज विजयी

नेपाली कांग्रेस बुटवल उपमहानगरको सभापतिमा तेस्रो कार्यकालका लागि खेलराज पाण्डे निर्वाचित भएका छन्। शनिबार भएको नगर अधिवेशनमा प्रतिद्वन्द्वी रीता केसीलाई फराकिलो मतले पराजित गर्दै पाण्डे पुनः सभापतिमा विजयी भएका हुन्।
 |  शनिबार, असोज ९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ९, २०७८

बुटवल- नेपाली कांग्रेस बुटवल उपमहानगरको सभापतिमा तेस्रो कार्यकालका लागि खेलराज पाण्डे निर्वाचित भएका छन्। शनिबार भएको नगर अधिवेशनमा प्रतिद्वन्द्वी रीता केसीलाई फराकिलो मतले पराजित गर्दै पाण्डे पुनः सभापतिमा विजयी भएका हुन्।

National life

पाण्डेले  ४ सय १२ मत प्राप्त गरी विजयी भएका हुन्। केसीले १ सय १४ मत प्राप्त गरिन्। पाण्डे पौडेल समूहबाट उम्मेदवार भएका थिए भने केसी देउवा पक्षबाट चुनावी मैदानमा होमिएकी थिइन्। गृहमन्त्री बालकृष्ण खाँणको समेत साथ र सर्मथन पाएकी केसी पराजित बनिन्।

तर, कांग्रेसको राजनीतिमा कार्यकर्तासँग भिजेका पाण्डेले फराकिलो मतले पराजित गरे। पौडेल पक्षबाटै उपसभापतिमा ज्योति भण्डारी र हितमान पुन विजयी भए।  सचिवमा गंगा पन्थी र छाया पोखरेल विजयी भएको निर्वाचन समितिले जनाएको छ। 

यस्तै नेपाली कांग्रेसका प्रभावशाली नेता बालकृष्ण खाँडको गृहनगर तिलोत्तमामा पौडेल पक्षका उम्मेदवारलाई पराजित गर्दै देउवा पक्षका उम्मेदवार विजयी भएका छन्।

पौडेल पक्षका नारायण न्यौपानेलाई २ मतले पछि पार्दै हरिलाल पाण्डे विजयी भए। पाण्डे हालका नगर सभापति समेत हुन्। न्यौपाने तिलोत्तमा वडा नं ९ का वडाध्यक्ष समेत हुन्।

Shivam cement

विजयी पाण्डेले १७४ मत ल्याए भने न्यौपानेले १७२ मत ल्याएका थिए। त्यस्तै सभापतिका अर्का उम्मेदवार हरि तिवारीले ३० मत ल्याए। 

त्यस्तै रुपन्देहीको सैनामैनामा नगर सभापतिमा रण बहादुर खनाल विजयी भएका छन्। दवदह नगरमा सभापतिमा पौडेल पक्षका गुणाखर भुर्तेल निर्वाचित भए। रुपन्देहीमा पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच प्रतिस्पर्धा भएको थियो।

प्रकाशित: Sep 25, 2021| 22:47 शनिबार, असोज ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।