शनिबार, कात्तिक २९, २०८२

दसैंमा गुञ्जने मालश्री

काठमाडौंमा इन्द्रजात्रा सकिनेबित्तिकै यो धुन बजाउने परम्परा छ। 
 |  मंगलबार, कात्तिक ४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ४, २०७७

मालश्री धुन प्रस्तुत गर्दै प्रख्यात ब्यान्ड कुटुम्ब

National life

काठमाडौं– नेपाली संगीत क्षेत्रमा महिनैपिच्छे जसोका गीत छन्। त्यसैमध्ये मालश्री पनि एउटा हो। यो धुन दसैंका बेला देशभरजसो गुञ्जिन्छ। त्यसैले मालश्रीको सम्बन्ध शरद ऋतुसँग छ। 

काठमाडौंमा इन्द्रजात्रा सकिनेबित्तिकै यो धुन बजाउने परम्परा छ। 

नवदुर्गाको आराधनाामा मालश्री धुन बजाउने चलन रहेको संस्कृतिविद तेजेश्वरबाबु ग्वँग बताउँछन्। उनका अनुसार  ‘माल’ को अर्थ आमा र श्री भन्नाले श्रीयन्त्र हो। श्रीयन्त्रलाई शिवको अंश मानिन्छ।

नेपालमा झन्डै पाँच सय वर्षअघि राजा सिद्धिनरसिंह मल्लको पालादेखि नेवार समुदायबाट यो धुनको उत्पत्ति भएको ग्वँग बताउँछन्। पहिलापहिला दरबारमा दसैं‌भरि नै मालश्री धुन बजाउने गरिन्थ्यो। 

Laxmi sunrise bank
kumari

मालश्रीमा नौमती बाजा बजाउने गरिए पनि अचेल गितार, हार्मोनियम लगायत पनि समावेश हुन थालेको पाइन्छ। तर मालश्री धुन जुनसुकै बाजाको प्रयोगबाट धुन निकाल्न सकिने ग्वँग बताउँछन्।

रेडियो नेपालले ०२७ सालदेखि हरेक दसैंमा मालश्री नियमित रूपमा बजाउँदै आएको छ। २०४१ सालमा नेपाल टेलिभिजन प्रसारण सुरु भएलगत्तै यसलाई श्रव्यदृश्यका रूपमा विकास गरिएको छ।

प्रकाशित: Oct 20, 2020| 00:32 मंगलबार, कात्तिक ४, २०७७
प्रतिक्रिया दिनुहोस्