आइतबार, असार २८, २०८३

राजस्थानसँग चेन्नई पराजित, आईपीएलबाटै बाहिरिने खतरा

यूएईमा जारी आईपीएलको ३७ औं खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको छ।
 |  सोमबार, कात्तिक ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ३, २०७७

यूएईमा जारी आईपीएलको ३७ औं खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई ७ विकेटले पराजित गरेको छ।

जितका लागि १२६ रनको विजयी लक्ष्य राजस्थानले १७(३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो। राजस्थानका जस बटलर ४८ बलमा ७ चौका र २ छक्कासहित ७० रनमा अविजित रहे।

कप्तान स्टिभ स्मिथ ३४ बलमा २ चौकासहित २६ रनमा अविजित रहे। चौथो विकेटका लागि बटलर र स्मिथले ९८ रनको अविजित साझेदारी गर्दै सहज जित पक्का गराएका थिए।

त्यसअघि शेख जायद स्टेडियम अबुधाबीमा टस जितेर ब्याटिङ रोजेको चेन्नईले २० ओभरमा ५ विकेटको क्षतिमा १२५ रन बनाएको थियो। चेन्नईका अलराउन्डर रविन्द्र जडेजा ३० बलमा ४ चौकासहित सर्वाधिक ३५ रनमा अविजित रहेका थिए। केदार जाधव ४ रनमा अविजित रहे।

चेन्नईले सुरुवातदेखि नै कमजोर प्रर्दशन गरेको थियो। 

जारी आईपीएलमा चेन्नईको यो सातौं हार हो। योसँगै चेन्नई आईपीएलबाट बाहिरिने खतरा बढेको छ। राजस्थानले भने चौथो जित निकाल्दै झिनो आशा कायमै राखेको छ। उसले अब शुक्रबार मुम्बई इन्डियन्ससँग खेल्ने छ। राजस्थानले बिहीबार राजस्थान रोयल्ससँग प्रतिस्पर्धा गर्ने छ।
 

प्रकाशित: Oct 19, 2020| 23:37 सोमबार, कात्तिक ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।