शुक्रबार, फागुन २९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारतमा सक्रिय संक्रमितको संख्या घट्दै, जाडोमा नयाँ लहर आउन सक्ने

भारतमा सक्रिय संक्रमितको संख्या घट्दै, जाडोमा नयाँ लहर आउन सक्ने

भारतीय स्वास्थ्य मन्त्रालयको विशेषज्ञ समितिले भारतको कुल जनसंख्याको ३० प्रतिशतमा एन्टिबडी रहेको पनि स्वीकार गरेको छ ।
 |  सोमबार, कात्तिक ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ३, २०७७

काठमाडौं-  भारतमा ४ अक्टोबरदेखि लगातार कोभिड– १९ का नयाँ संक्रमित भन्दा निको हुनेको संख्या बढी छ। 

National life

यसै कारण सक्रिय संक्रमितको संख्या १७ सेप्टेम्बरमा अहिलेसम्मकै उच्चतम १०.१७ लाख रहेकोमा अहिले करिब ७.७३ लाखमा सीमित भएको छ। 

संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि २ अक्टोबरदेखि लगातार १ हजारभन्दा मुनी नै छ। निको हुने दर ८७ प्रतिशत पुगेको छ। 

भारतमा कोरोना संक्रमणको दर कम हुँदै गएको स्पष्ट भए पनि यो यसै गरी घट्दै समाप्त होला त?

भारतको राष्ट्रिय रोग नियन्त्रण केन्द्र (एनसीडीसी) ले भने जाडो मौसम साथै नवरात्री, दीपावली जस्ता पर्वपछि फेरि संक्रमण दर बढ्ने अनुमान गरेको छ। उसका अनुसार दिल्लीमा मात्रै प्रत्येक दिन १५ हजार नयाँ संंक्रमित थपिन सक्छन्। 

Laxmi sunrise bank
kumari

एनसीडीसीको यस्तो अनुमान दक्षिण भारतका चार राज्यमा ओणम र गणेश चतुर्थीपछि कोरोना संक्रमणको नयाँ लहर देखिएकोमा आधारित छ। 

२२ अगस्तदेखि सुरु भएको गणेश चतुर्थीपछि महाराष्ट्रमा ४६ प्रतिशत, तेलंगनामा ५० प्रतिशत, आंध्र प्रदेशमा ६७ प्रतिशत र केरलमा ६५ प्रतिशत संंक्रमण बढोत्तरी भएको थियो। 

अहिलेसम्म भारत सबैभन्दा बढी संंक्रमित रहेको अमेरिकापछि दोस्रो नम्बरमा छ। 

भारतीय भायरोलोजिस्ट डा टी ज्याकबका अनुसार प्रत्येक भाइरसको एउटा चक्र हुन्छ। भारतमा सेप्टेम्बरमा यो चरममा थियो। अहिले कम भएको छ। तर, यसको अर्थ कोरोना संक्रमण समाप्त हुन लाग्यो भन्ने होइन।  उनी भन्छन्, ‘जाडो मौषमा यो अ? बढ्छ र डिसेम्बरसम्म त रहन्छ नै।’

भारतको सेन्टर फर डिजिज डायनामिक्स, इकोनोमिक्स एण्ड पोलिसीका अनुसार अहिले बालबालिकाबाट संक्रमण बढी फैलिरहेको छ। किनभने बालबालिकामा कोरोना संक्रमणको लक्षण देखिंदैन त्यसैले उनीह? सुरक्षाका मापदण्ड बिनै जता पनि पुग्छन् तर, उनीहरुले समुदायमा फैलाइरहेका हुन्छन्। 

सर्वेक्षणका अनुसार संक्रमण फैलने सबैभन्दा बढी खतरा यात्राका बेला हुन्छ। 

अध्ययनका अनुसार भारतमा ७५.८ प्रतिशत संक्रमित २० देखि ६० वर्ष उमेर समूहका छन्।  त्यस्तै २० वर्षसम्मका ११.९ प्रतिशत संक्रमणको शिकार भएका छन् र १२.३ प्रतिशत संंक्रमित ६० वर्षभन्दा माथिका छन्।

घट्दो दरमा शंका

यद्यपि, संक्रमण दरमा कमी आएकोमा केही विशेषज्ञहरु शंका व्यक्त गर्छन्।  

भारतीय आयुर्विज्ञान संंस्थान (एम्स) का पूर्व प्रमुख डा. चन्द्रकान्त एस पाण्डवका अनुसार सरकारले आवश्यकता अनुसार परीक्षण नगरेकाले संक्रमितको संख्या कम भएको हो। उनी भन्छन्, ‘निश्चित छ, जाडोमा संक्रमण दर निकै बढ्ने छ।’

हुन पनि ३० डिसेम्बरमा सबैभन्दा धेरै १४ लाख २३ हजार ५२ जनामा परीक्षण गरिएको थियो। त्यसपछि परीक्षण दरमा लगातार गिरावट आएको छ र यो दर ९ देखि १२ लाख दैनिकको बीचमा छ।

भारतमा ७० लाखभन्दा अधिकलाई संक्रमण भइसकेको छ भने १.०९ लाख मानिसको मृत्यु भएको छ। 

एसबीआईको रिपोर्ट अनुसार भारतमा कोरोना संक्रमण चरममा पुग्नका लागि १७३ दिन लाग्यो भने सामान्य हुनका लागि पनि कम्तिमा १७३ दिन त लाग्छ नै। तर, यदि संक्रमण कम हुने दर जापान, पेरु, स्वीडेन जस्तो रह्यो भने त्यस अगावै अवस्था सामान्य हुनसक्छ। 

तर, यो सरकारले गर्ने परीक्षण र आम नागरिकले अपनाउने सावधानीमा निर्भर रहनेछ।

४० करोड संक्रमित!

भारत सरकारले पहिलो पपटक कोरोना संक्रमण सामुदायिक स्तरमा पुगेको स्वीकारेको छ।

भारतमा कोरोना भाइरसको महामारी फैलिएको नौ महिनापछि केन्द्र सरकारले पहिलो पटक महामारी केही राज्यमा समुदायमा फैलिएको स्वीकारेको हो। 

आइतबार केन्द्रीय स्वास्थ्य मन्त्री हर्षवर्धनले पश्चिम बंगाल लगायतका केही राज्यका केही जिल्लामा संंक्रमण समुदायमा फैलिएको हुनसक्ने बताएका हुन्। 

केरल र दिल्ली सरकारले यसअघि नै आ–आफ्ना राज्यमा संक्रमण समुदायस्तरमा पुगिसकेको बताएका छन् भने विशेषज्ञहरुले त्यसअगावै भारतभर संक्रमण समुदायमा स्तरमा पुगिसकेको बताएका थिए।  

सामुदायिक प्रसार भनेको महामारीको त्यो चरण हो जब संक्रमण मानिसहरु तीब्र गतिमा फैलन थाल्छ र त्यसको मुल स्रोत पत्ता लाग्दैन।

भारतीय स्वास्थ्य मन्त्रालयको विशेषज्ञ समितिले भारतको कुल जनसंख्याको ३० प्रतिशतमा एन्टिबडी रहेको पनि स्वीकार गरेको छ । यसको अर्थ हो– भारतमा करिब ४० करोड मानिस संक्रमित भइसकेका छन्। 

हाल भारतमा संक्रमणको दर कम हुँदै गए पनि त्यसको कारण भने बताइएको छैन। 

-एजेन्सीको सहयोगमा

प्रकाशित: Oct 19, 2020| 12:07 सोमबार, कात्तिक ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।