मंगलबार, चैत ३, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • चेन्नई र राजस्थान भिड्दै : पराजित हुने क्लबलाई प्लेअफमा पुग्न मुश्किल

चेन्नई र राजस्थान भिड्दै : पराजित हुने क्लबलाई प्लेअफमा पुग्न मुश्किल

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज पौने ८ बजे ३७ औं खेल हुँदैछ। आज हुने एकमात्र खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्ससँग भिड्नेछ।
 |  सोमबार, कात्तिक ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ३, २०७७

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज पौने ८ बजे ३७ औं खेल हुँदैछ। आज हुने एकमात्र खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्ससँग भिड्नेछ।

National life

यो खेल दुवै टोलीका लागि महत्वपूर्ण छ। किनभने प्वाइन्ट टेबलमा दुवै टिमले ९ मध्ये ३–३ खेल जितेर समान स्थितिमा छन्।

यसकारण यो खेल ‘गर या मर’को स्थितिमा खेलिने छ। पराजित टिमलाई प्लेअफमा पुग्न धेरै मुस्किल पर्नेछ।

यी दुवै टिम जारी सिजनमा दोस्रो पटक आपसमा भिड्दै छन्। पहिलो खेलमा चेन्नईलाई राजस्थानले १६ रनले हराएको थियो। जहाँ राजस्थानले २१६ रन बनाएको थियो भने चेन्नईले २०० रन मात्र बनाएको थियो। 

हेड टू हेडमा भने चेन्नई अघि छ। उसले २३ खेल भएकोमा १४ जित निकालेको छ भने बाँकी खेल राजस्थानले जितेको छ।

Laxmi sunrise bank
kumari

आजको खेलमा चेन्नईका फाफ डुप्लेसि र शेन वाट्सन केन्द्रमा रहनेछन्। जारी सिजनमा उनीहरुले क्रमशः ३६५ र २७७ रन बनाएका छन्। यसका अलावा राम्रो प्रदर्शन गर्दै अम्बाती रायडूले पनि २३७ रन बनाएका छन्।

त्यस्तै राजस्थानका टप स्कोरर सम करन र राहुल तेबतिया छन्। उनीहरु पनि खेलको केन्द्रमा रहनेछन्। आजको खेलमा चेन्नईका श्रदुल ठाकुर, दिप चहर र राजस्थानको जोफ्रा आर्चरको बलिङ हेर्नलायक हुने अनुमान छ।

उनीहरुले क्रमशः ९ र ८ विकेट लिएका छन्। आजको खेल अबुधाबीमा हुनेछ, जहाँ आकाश सफा रहनेछ भने तापक्रम २४ देखि ३३ डिग्रीसम्म रहनेछ। यो मैदानमा टस जित्ने टिमले बलिङ गर्न मन पराउनेछ।

टी–२० अन्तर्गत यो मैदानमा भएका पछिल्ला ४४ खेलमा १५ खेल पहिला बलिङ गर्ने टिमले जितेको छ।

सम्भावित प्लेइङ सेटः
चेन्नईः महेन्द्र सिंह धोनी (कप्तान), शेन वाट्सन, फाफ डुप्लेसिस, अम्बाती रायडू। अविन्द्र जाडेजा, सम करन, केदार जाधव, इमरान ताहिर, दिपक चाहर, कर्ण शर्मा, शार्दुल ठाकुर

राजस्थानः स्टिभ स्मिथ (कप्तान), सन्जु समसन, जोस बटलर, रोबिन उथप्पा, रियान पराग, बेन स्टोक्स, राहुल तेबतिया, श्रेयस गोपाल, जयदेव नादकट, जोफ्रा आर्चर, कार्तिक त्यागी

प्रकाशित: Oct 19, 2020| 11:27 सोमबार, कात्तिक ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।