आइतबार, असार २८, २०८३

रियल सोसिडाड लालिगाको शीर्षस्थानमा, भ्यालेन्सिया पराजित

काठमाडौं– रियल बेटिसविरुद्ध जित निकाल्दै रियल सोसिडाड ला लिगाको शीर्षस्थानमा उक्लिएको छ।
 |  सोमबार, कात्तिक ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ३, २०७७

काठमाडौं– रियल बेटिसविरुद्ध जित निकाल्दै रियल सोसिडाड ला लिगाको शीर्षस्थानमा उक्लिएको छ।

आइतबार राति सम्पन्न खेलमा सोसिडाडले बेटिसलाई उसकै घरेलु मैदानमा ३–० गोलअन्तको जित निकालेको हो।

सोसिडाडको जितका लागि पोर्टू, माइकल ओयार्जाबल र एडन जानुजाले १ –१ गेल गरे। यता रियल बेटेसले गोल गर्न नसकेपछि तीन गोलको अग्रताका साथ सोसिडालले खेल जित्यो।

जितका साथ ६ खेलबाट ११ अंक बनाएको सोसिडाड शीर्षस्थानमा छ भने बेटिस ९ अंकका साथ सातौं स्थानमा छ।

आइतबार राति नै सम्पन्न अर्को खेलमा भ्यालेन्सिया  भिल्लारियलसँग परातिज भएको छ। भिल्लाको घरेलु मैदानमा भ्यालेन्सियाले २–१ गोलअन्तरको हार बेहोरेको हो।

जितका लागि पाको अल्कासर र डानी परेजोेले १–१ गोल गरे। भने भ्यालेन्सियाका गोन्कालो गुडेसले सान्त्वना गोल गरे।

६ खेलबाट तीन जितसहित भिल्लालियर ११ अंकका साथ अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ। तेस्रो स्थानको रियल मड्रिडले १० अंक जोडेको छ।

पराजित भ्यालेन्सिया भने ७ अंकका साथ १३ औं स्थानमा छ।


 

प्रकाशित: Oct 19, 2020| 03:15 सोमबार, कात्तिक ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।