आइतबार, असार २८, २०८३

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो टोटेनहम

काठमाडौं– इंग्लिस प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार राति सम्पन्न खेलमा टोटेनहम हट्सपर वेस्ट हामसँग बराबरीमा रोकिएको छ।
 |  सोमबार, कात्तिक ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ३, २०७७

काठमाडौं– इंग्लिस प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार राति सम्पन्न खेलमा टोटेनहम हट्सपर वेस्ट हामसँग बराबरीमा रोकिएको छ।

हट्सपर रंगशालामा सम्पन्न खेलमा पाहुना टिम वेस्ट हामले घरेलु टिमलाई ३–३ गोलको बराबरीमा रोकेको हो।

टोटेनहमका लागि सन ह्युङ मिनले पहिलो मिनेटमै गोल गर्दै सुरुवाती अग्रता दिलाए भने कप्तान ह्यारी केनले आठौं र १६ औं मिनेटमा गोल गर्दै खेललाई तीन गोलको अग्रतामा पुर्याएका थिए।

पहिलो हाफमा ३–० ले अघि रहे पनि दोस्रो हाफमा सम्पूर्ण अग्रता गुमायो। ८२ औं मिनेटमा फबियन बाल्बुइनाले गोल गरे भने इन्ज्युरी समयमा म्यानुयल लान्जिनीले गोल गरे

त्यस्तै, ८५ औं मिनेटमा टोटेनहमका डाविन्सन सान्चेजले आफ्नै पोस्टमा गोल गरे। यस साथै दुवै टिमले अंक बाँडेका छन्।

ईपीएल अंकतालिकामा टोटेनहम ८ अंकका साथ छैटौं स्थानमा छ भने वेस्ट हाम ७ अंकका साथ आठौं स्थानमा छ।

आइतबार राति सम्पन्न अर्को खेलमा क्रिस्टल प्यालेस र ब्राइटोनले एक–एक गोलको बराबरी खेलेका छन् भने एस्टोन भिल्लाले लेस्टर सिटीलाई उसकै घरेलु मैदानमा हराएको छ।
 

प्रकाशित: Oct 19, 2020| 00:42 सोमबार, कात्तिक ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।