आइतबार, असार २८, २०८३

आईपीएलमा फेरि सुपर ओभर : पञ्जाबको रोमाञ्चक जित

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार राति सम्पन्न खेलमा किंग्स इलेवेन पञ्जाबले सुपर ओभरमा मुम्बई इन्डियन्सलाई हराएको छ।
 |  सोमबार, कात्तिक ३, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ३, २०७७

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार राति सम्पन्न खेलमा किंग्स इलेवेन पञ्जाबले सुपर ओभरमा मुम्बई इन्डियन्सलाई हराएको छ।

वान ओभर इलिमेनेटरमा ११ रनको लक्ष्य पाएको पञ्जाबले चार बलमा १५ रन प्रहार गर्दै खेल जितेको हो। सुपर ओभरमा जवाफी ब्याटिङ गरेको पञ्जाबका क्रिस गेलले एक छक्कासहित ७ रन लगाए भने मयंक अग्रावालले दुई चौका हाने।

त्यसपहिले दुबई रंगशालामा टस जितेर ब्याटिङ राजेको मुम्बईले ६  विकेटको क्षतिमा पूरा ओभर खेल्दै १७६ रन बनायो। १७७ रनको लक्ष्यका साथ मैदान आएको पञ्जाबले सम्पूर्ण ओभर खेल्दै उति नै रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको हो।

पहिलो पारीमा मुम्बईका क्विन्टन डिककले ५३ रनको पारी खेलेका थिए भने पञ्जाबका मोहम्मद शामी र हर्षदिप सिंहले समान २–२ विकेट लिए।

जवाफी ब्याटिङ गरेको पञ्जाबका केएल राहुलले सर्वाधिक ७७ रन बनाएका थिए। मुम्बईका जसप्रित बुमराहले तीन राहुल चहरले दुई विकेट लिए।

जिसहित पञ्जाब ६ अंकका साथ पुछारबाट तेस्रो स्थानमा छ भने हारका बाबजुद मुम्बई अंकतालिकाको दोस्रो स्थानमा छ।

आइतबार साँझ सम्पन्न खेलमा हैदराबाले पनि सुपर ओभरमा कलकत्तालाई जित सुम्पिएको थियो। गएरातिको सुपर ओभर जारी सिजनको चौथो सुपर ओभर हो।

प्रकाशित: Oct 19, 2020| 00:22 सोमबार, कात्तिक ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।