काठमाडौं – आज (आइतबार) सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा सुपर ओभरबाट कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादविरुद्ध संघर्षपूर्ण जित निकालेको छ।
सुपर ओभरको पहिलो बलमै फग्युसनले हैदराबादका कप्तान डेबिड वार्नरलाई आउट गरेपछि दोस्रो बलमा अब्दुल समदले दुई विकेट लिए।
तेस्रो बलमा हैदराबाले फेरि विकेट गुमाएपछि कोलकाताले तीन रनको लक्ष्य पाएको थियो। कोलकाताका लागि मोर्गनले एक रन ल्याए भने दुई रन लेगबाई पाएपछि चौथो बलमै कोलकाता जित निकाल्न सफल भयो।
त्यसअघि यूएईको अबुधाबीमा सम्पन्न खेलमा हैदराबदले १६४ रनको लक्ष्य पछ्याउँदा खेल बारबरी भएको थियो।
टस हारेर ब्याटिङको निम्तो पाएको कोलत्ताले पाँच विकेटको क्षतिमा पुरा ओभर खेलेर १६३ रन बनाएको थियो। उसका लागि ओपनर शिवम् गिल र राहुल त्रिपतिले क्रमशः ३६ रन २३ रन बनाए।
त्यस्तै, कप्तान इयोग मोर्गनले ३४ रन बनाए भने नितिश राना र दिनेश कार्तिकले समान २९ रन बनाए।
हैदराबादका लागि टी नटराजनले दुई विकेट लिए भने बसिल थाम्पी, भुवनेश्वर शंकर र राशिद खानेल समान १–१ विकेट लिएका थिए।
जवाफी ब्याटिङमा आएको हैदारबादले ६ विकेटको क्षतिमा पुरा ओभर खेल्दै १६३ रन बनायो। उसका लागि जोन्नी बेयरेस्टो र केन विलियम्सनले क्रमशः ३६ र २९ रन बनाए।
त्यस्तै, कप्तान डेबिड वार्नरले ४७ रन बनाए भने अब्दुल समदले २३ रन बनाएपछि खेल बराबरी भएको थियो।
कोलकाताका लकी फग्र्युसनले तीन विकेट लिए भने पट कमिन्स र वरुण चक्रवतीले १–१ विकेट लिए।