मंगलबार, फागुन २६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारतीय प्रधानमन्त्री मोदी र मुख्यमन्त्री योगीविरुद्ध 'अभद्र भिडियो' पोस्ट गर्ने दुईजना पक्राउ

भारतीय प्रधानमन्त्री मोदी र मुख्यमन्त्री योगीविरुद्ध 'अभद्र भिडियो' पोस्ट गर्ने दुईजना पक्राउ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथविरुद्ध 'अभद्र भिडियो' पोस्ट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  शनिबार, असोज ९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ९, २०७८

नयाँ दिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथविरुद्ध 'अभद्र भिडियो' पोस्ट गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। 

National life

भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार सामाजिक सञ्‍जालमा प्रधानमन्त्री मोदी र मुख्यमन्त्री योगीविरुद्ध 'आपत्तिजनक भिडियो' पोस्ट गरेको भन्दै प्रहरीले दुई जनालाई शनिबार पक्राउ गरेको हो। 

उत्तर प्रदेशको बलिया जिल्लाको बाँसीडीह रोडमा रहेको प्रहरी चौकीमा मन्दुरामले उक्त भिडियो पोस्ट गर्नेविरुद्ध उजुरी दिएका थिए। उक्त उजुरीपछि स्थानीय प्रकाश वर्मा र रमेश यादवलाई प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको छ। 

उनीहरु दुबै जनाले बिहीबार ट्विटर, फेसबुक र ह्वाट्सएपमा प्रधानमन्त्री मोदी र मुख्यमन्त्री योगीविरुद्ध अभद्र भाषा तथा गालीगलौज गरेर भिडियो पोस्ट गरेका थिए। 

प्रकाशित: Sep 25, 2021| 23:05 शनिबार, असोज ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।