बिहीबार, वैशाख ३१, २०८३

आस्था राउतले ल्याइन् ‘यानी माया’

गायिका आस्था राउतको एलबम ‘आधार २’ मा रहेको गीत ‘यानी माया’को भिडियो सार्वजनिक भएको छ।
 |  आइतबार, कात्तिक २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २, २०७७

काठमाडौं- गायिका आस्था राउतको एलबम ‘आधार २’ मा रहेको गीत ‘यानी माया’को भिडियो सार्वजनिक भएको छ।

National life

गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत छ। गीतमा महाराज थापाको एरेन्ज छ।

भिडियोमा कविता नेपाली, गौरभ विष्ट, श्रीमाला तामाङ र निमा श्रेष्ठ फिचर्ड छन्। हिमाली इन्फ्रा टिमको निर्देशन, छायांकन र सम्पादन रहेको भिडियोमा हरिबहादुर राउत र म्यूजिक नेपालको लगानी छ।

भिडियोमा अनिमा लामाको कोरियोग्राफी छ। भिडियो म्यूजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।


 

प्रकाशित: Oct 18, 2020| 12:20 आइतबार, कात्तिक २, २०७७
प्रतिक्रिया दिनुहोस्