शुक्रबार, फागुन १५, २०८२

जिबी चिरनको उत्कृष्ट अभिनयमा ‘बहिनी’ सार्वजनिक

दाजु र बहिनीबीचको सम्बन्ध दर्शाउने एउटा मौलिक गीत सार्वजनिक भएको छ।
 |  आइतबार, कात्तिक २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २, २०७७

काठमाडौं- दाजु र बहिनीबीचको सम्बन्ध दर्शाउने एउटा मौलिक गीत सार्वजनिक भएको छ।

National life

सतिश अधिकारीको शब्द तथा हेमन्त कान्छा रसाइलीको संगीत र स्वरमा तयार भएको गीतमा जिबी चिरन (चिरञ्जीबी सापकोटा) को अभिनयले जिवन्तता भरेको छ।

शब्द, संगीत र स्वरको अनुपम मिश्रण रहेको गीतको म्युजिक भिडियो एसथ्रीके इन्टरटेन्मेन्टको युट्युब च्यानलमार्फत् आइतबार सार्वजनिक गरिएको छ।

गीतकार अधिकारीकै परिकल्पनामा बनेको म्युजिक भिडियोको बिक्रम चौहानले निर्देशन गरेका छन् भने प्रकाश खड्काले छायांकन गरेका छन्। त्यस्तै दिन्सन शाहले मिडियोको सम्पादन गरेका छन्।

गीतमा जिबी चिरनसँगै सुजल बम, समीक्षा पोखरेल तथा निना बुढाथोकीको अभिनय छ।

Laxmi sunrise bank

गीतमा दाजु बहिनीबीचको पारिवारिक सम्बन्ध कस्तो हुन्छ र एकअर्काको अभावमा उनीहरु जीवन कसरी तहसनहस हुन्छ भन्ने कुरालाई प्रस्तुत गरिएको छ।

यो गीत युट्युब मार्फत् सार्वजनिक हुनासाथ थुप्रै सकारात्मक प्रतिक्रियाहरु प्राप्त भएका छन्।

 

प्रकाशित: Oct 18, 2020| 10:15 आइतबार, कात्तिक २, २०७७
प्रतिक्रिया दिनुहोस्