आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • बुन्डेसलिगा : लगातार जितका बाबजुद शीर्षस्थानमा छैनन् बायर्न र डर्टमुन्ड

बुन्डेसलिगा : लगातार जितका बाबजुद शीर्षस्थानमा छैनन् बायर्न र डर्टमुन्ड

काठमाडौं– जर्मन बुन्डेसलिगा अन्तर्गत शनितबार राति सम्पन्न खेलमा साविक विजेता बायर्नले अवे मैदानमा ४–१ गोलको जित निकालेको छ।
 |  आइतबार, कात्तिक २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २, २०७७

काठमाडौं– जर्मन बुन्डेसलिगा अन्तर्गत शनितबार राति सम्पन्न खेलमा साविक विजेता बायर्नले अवे मैदानमा ४–१ गोलको जित निकालेको छ।

अर्मिनियालाई उसकै मैदानमा हराउँदै बायर्नले अक्टोबर ब्रेकपछि लिगमा सानदार कमब्याक गरेको हो।

बायर्नको जितका लागि थोमस मुलर र रोबर्ट लेवान्डोस्कीले समान २–२ गोल गरे भने अर्मिनियाका रित्सु डोअनले सान्त्वना गोल गरे।

यता खेलको ७६ औं मिनेटमा कोरेन्टिन टोलीसो रातो कार्ड खाँदै बाहिरिएपछि बायर्न केही दबाबमा आएको थियो। त्यसपछि भने उसले गोल थप्न सकेन।

शनिबारको जितसहित बायर्न चार खेलमा तीन जितका साथ अंकतालिकाको दोस्रो स्थानमा छ। यता पराजित अर्मिनिया भने १४ औं स्थानमा छ।

त्यस्तै शनिबार राति नै सम्पन्न खर्को खेलमा बोरुसिया डर्टमुन्डले होफेनहाइमविरुद्ध उसकै मैदानमा १–० गोलको संघर्षपूर्ण जित निकालेको छ।

जितका लागि बोरुसिया डर्टमुन्डका मार्को रिउसले गोल गरे। ऊ तेस्रो जितसहित अंकतालिकाको पनि तेस्रो स्थानमा छ भने पराजित होफेन्हाइम ६ अंकका साथ आठौं स्थानमा छ।

अंकतालिकाको शीर्षस्थानमा रहेको लाइप्जिकले पनि शनिबार राति सम्पन्न खेलमा आउक्सबर्गविरुद्ध २–० गोलको जित निकालेको थियो।

जितसहित १० अंक बनाएको लाइप्जिक अंकतालिकाको शीर्षस्थानमा छ।
 

प्रकाशित: Oct 18, 2020| 01:24 आइतबार, कात्तिक २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।