आइतबार, असार २८, २०८३

बार्सिलोनाले भोग्यो सिजनको पहिलो पराजय

काठमाडौं– स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलमा बार्सिलोना जारी सिजनमा पहिलो पटक पराजित भएको छ।
 |  आइतबार, कात्तिक २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २, २०७७

काठमाडौं– स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलमा बार्सिलोना जारी सिजनमा पहिलो पटक पराजित भएको छ।

उसले गेटाफेको घरेलु मैदानमा घरेलु टिमसँग १–० गोलको पराजय भोगेको हो।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो। तर दोस्रो हाफमा भने गेटाफेका जैम माटाले पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै पहिलो गोल गरे। उनको गोल नै बार्सिलोनाको हारका लागि पर्याप्त बन्यो।

हारका बाबजुद बार्सिलोना अंकतालिकाको नवौं स्थानमा छ। उसले चार खेलमा दुई जित एक बरबरी र एक हारका साथ ७ अंक बनाएको छ।

यता विजेता गेटाफे भने पाँच खेलबाट १० अंक बनाएर अंकतालिकाको दोस्रो स्थानमा छ। ऊ समान १० अंकको रियल मड्रिडसँग हेट टू हेडका आधारमा पछि परेर दोस्रो स्थानमा समेटिएको हो।

शीर्षस्थानको रियल मड्रिडले पनि शनिबार रातिको खेलमा काडिजसँग १–० गोलकै हार बेहोरेको थियो।

ला लिगामा आज रातिको खेलमा भिल्ला रियलले भ्यालेन्सियासँग प्रतिस्पर्धा गर्नेछ।
 

प्रकाशित: Oct 18, 2020| 01:13 आइतबार, कात्तिक २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।