आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • म्यानचेस्टर सिटी र युनाइटेडले जित निकाल्दा चेल्सी बराबरीमा रोकियो

म्यानचेस्टर सिटी र युनाइटेडले जित निकाल्दा चेल्सी बराबरीमा रोकियो

काठमाडौं– इंग्लिस प्रिमियर लिगको शनिबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले आर्सनलविरुद्ध १–० गोलको संघर्षपूर्ण जित निकालेको छ।
 |  आइतबार, कात्तिक २, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २, २०७७

काठमाडौं– इंग्लिस प्रिमियर लिगको शनिबार राति सम्पन्न खेलमा म्यानचेस्टर सिटीले आर्सनलविरुद्ध १–० गोलको संघर्षपूर्ण जित निकालेको छ।

म्यानचेस्टरको इतिहाद रंगशालामा सम्पन्न खेलमा जितका लागि रहिम स्टार्लिङले निर्णायक गोल गरे।

उनले फिल फोडेनको क्रसलाई गोलमा परिणत गर्दै सुरुवाती अग्रता बनाएका थिए। तर सोही अग्रता नै खेलको निर्णयक गोल बन्यो।

जितसहित चार खेलबाट ७ अंक बनाएको सिटी नवौं स्थानमा छ भने पराजित आर्सनल पाँच खेलबाट ९ अंक बनाएर पाँचौ स्थानमा छ।

त्यस्तै शनिबार राति नै सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले न्युकासललाई उसकै मैदानमा ४–१ गोलअन्तरले हराएको छ।

युनाइटेडका लागि ह्यारी म्यागुरी, ब्रुनो फर्नान्डेस, अरोन वान बिसाका र मार्कस रासफोर्डले समान १ –१ गोल गरे।

यता लुके शले आफ्नै पोस्टमा गोल गरेपछि न्युकासलले एक गोल कोसेली पाएको थियो।

जितसहित ६ अंक बनाएको युनाइटेड १४ औं स्थानमा छ भने परातिज न्युकासल ७ अंकका साथ ११ औं स्थानमा छ।

शनिबार राति नै सम्पन्न अर्को खेलमा हेविवेट टिम चेल्सीले घरेलु मैदानमा साउथह्याम्टनसँग ३–३ गोलको बराबरी खेलेको छ।

चेल्सीका लागि टिमो वेर्नरले दुई गोल गरे भने कई हभर्टजले एक गोल गरे। यता साउथह्याम्टनका लागि डेनी इंग्स, चे एडम्स र जानिक वस्टागार्डले समान १–१ गोल गरेर खेललाई बराबरीमा ल्याए।

बराबरीका साथ दुवै टिमले अंक बाँडेका छन्। चेल्सी ८ अंकका साथ अंकतालिकाको छैटौं स्थानमा छ भने साउथह्याम्टन ७ अंकका साथ १० औं स्थानमा छ।

गएराति सम्पन्न पहिलो खेलमा भने इभर्टन र लिभरपुलले २–२ गोलको बारबरी खेलेका छन्। बराबरीका साथ दुई टिम क्रमशः शीर्षस्थान र दोस्रो स्थानमा छन्।

प्रकाशित: Oct 18, 2020| 00:23 आइतबार, कात्तिक २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।