आइतबार, असार २८, २०८३

दिल्ली क्यापिटलको जितमा शिखर धवन नायक

काठमाडौं– शिखर धवनले ५८ बलमा अविजित १०१ रनको सतकिय पारी खेलेसँगै आईपीएलमा दिल्ली क्यापिटलले चेन्नई सुपर किंग्सलाई हराएको छ। 
 |  शनिबार, कात्तिक १, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १, २०७७

काठमाडौं– शिखर धवनले ५८ बलमा अविजित १०१ रनको सतकिय पारी खेलेसँगै आईपीएलमा दिल्ली क्यापिटलले चेन्नई सुपर किंग्सलाई हराएको छ। 

शारजाह रंगशालामा शनिबार राति सम्पन्न खेलमा दिल्लीले ५ विकेटको जित निकालेको हो।

टस जितेर ब्याटिङ रोजेको चेन्नईले मात्र ४ विकटको क्षतिमा पूरा ओभर खेल्दै १७९ रन बनाएको थियो। १८० रनको लक्ष्य पछ्याएको दिल्लीले अन्तिम बल अगाबै लक्ष्य पूरा गरेर ५ विकेटको जित निकाल्यो।

जितका लागि धवनले सतकिय पारी खेले भने मार्कस स्टोइनिस र कप्तान श्रेयस अयरले क्रमशः २४ र २३ रन बनाए। यसबाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गरेनन्। धवन भने खेलका प्लेयर अफ दि म्याचसमेत घोषित भए।

यता चेन्नईका दिपक चहरले दुई विकेट लिए भने एक विकेट लिनेमा सम कुरन, श्रदुल ठाकुर र ड्वेन ब्रावो रहे।

त्यसपहिले ब्याटिङ सम्हालेको चेन्नईका फाफ डू प्लेसिसले ५८ रन बनाए भने अम्बाती रायडूले ४५ रन बनाए। त्यस्तै, शेन वाट्सनले ३६ र रविन्द्र जाडेजाले ३३ रन जोडे।

बलिङको निम्तो पाएको दिल्लीका एनरिच नोर्तजेले दुई विकेट लिए भने तुषहर देशपाण्डे र कागिसो रबाडाले समान १–१ विकेट लिए।

जितसहित ९ खेलबाट १४ अंक बनाएको दिल्ली अंकतालिकाको शीर्षस्थानमा छ। समान १२ अंक रहेका मुम्बई र बैंगलोर भने रन रेटका आधारमा दोस्रो र तेस्रो स्थानमा छन्।

त्यस्तै, गएराति हार बेहोरेको चेन्नई ६ अंकका साथ पुछारबाट तेस्रो स्थानमा छ।
 

प्रकाशित: Oct 17, 2020| 23:57 शनिबार, कात्तिक १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।