आइतबार, असार २८, २०८३

रियल मड्रिडको पहिलो हार, पराजित भए पनि शीर्षस्थानमा कायम

काठमाडौं– स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलमा साविक विजेता रियल मड्रिडले जारी सिजनमा पहिलो हार बेहोरेको छ।
 |  शनिबार, कात्तिक १, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १, २०७७

काठमाडौं– स्पेनिस ला लिगा अन्तर्गत शनिबार राति सम्पन्न खेलमा साविक विजेता रियल मड्रिडले जारी सिजनमा पहिलो हार बेहोरेको छ।
उसले घरेलु मैदान अल्फ्रेदो डि स्टेफानोमा काडिजसँग १–० गोलअन्तरको हार बेहोरेको हो।

काडिजको जितका लागि इन्थोनी लोजानोले निर्णायक गोल गरे। उनले अल्भारो नग्रेदोको पासमा गोल गर्दै नवौं मिनेटमै कार्डिजलाई अग्रता दिलाएका थिए।
प्रतिस्पर्धात्मक खेलामा साविक विजेता टिमले गोल गर्न सकेन। र, सिजनको पहिलो हार बेहोर्यो।

काडिजले रियल मड्रिडविरुद्ध १९९१ पछि अवे मैदानमा पहिलो पटक जित निकालेको हो। रियलले काडिजविरुद्ध २१ खेलमा एक खेल मात्र हारेको थियो भने घरेलु मैदानमा १२ खेलयता अपराजित थियो। उसको यो लामो यात्रा अब टुंगिएको छ।

त्यस्तै १९८३ मा भने अल्फ्रेदो स्टेफानो प्रशिक्षक हुँदा रियलले कार्डिजसँग ६–२ गोलको हार बेहोरेको थियो। कार्डिजविरुद्ध रियलले बेहोरेको यो सबैभन्दा ठूलो हार हो।

गएरातिको हारका बाबजुद रियल अंक तालिकाको शीर्षस्थानमा छ। उसले पाँच खेलबाट १० अंक बनाएको छ। विजयी कार्डिज पनि ६ खेलबाट १० अंक बनाएर तेस्रोस्थानमा छ।

त्यस्तै,गएराति नै सम्पन्न अर्को खेलमा लुईस सुवारेजको एक गोलसँगै एट्लेटिको मड्रिडले २–० गोलको सहज जित निकालेको छ।

प्रकाशित: Oct 17, 2020| 23:39 शनिबार, कात्तिक १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।