आइतबार, असार २८, २०८३

एभर्टन र लिभरपुल बराबरीमा रोकिए

पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो। २–२ गोल गर्दै दुवै टिमले १–१ अंक बाँडेका हुन्।
 |  शनिबार, कात्तिक १, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १, २०७७

काठमाडौं – १२ दिनको अक्टोबर ब्रेकपछि इङ्लिस प्रिमियर लिग (ईपीएल) आज साँझ  सुरु भएको छ।

पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन लिभरपुल एभर्टनसँग बराबरीमा रोकियो। २–२ गोल गर्दै दुवै टिमले १–१ अंक बाँडेका हुन्।

एभर्टनका लागि माइकल कियन र डोमिनिक काल्भर्ट लनले १–१ गोल गर्दै खेललाई बारबरीमा ल्याएका थिए।

खेलको तेस्रो मिनेटमा एन्ड्रिउ रोबर्टसनको पासमा साडियो मानेले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। तर, जेम्स रोड्रिगेजको पासमा कियनले गोल गर्दै खेल बराबरीमा ल्याइहाले।

दोस्रो हाफको ७२ औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई पुनः अग्रता दिलाए। त्यो अग्रता एभर्टनले ७१ औं मिनेटमा खोस्यो।

लनले एल डिग्नीको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। बराबरीका साथ एभर्टन शीर्ष स्थानमा छ। उसले पाँच खेलमा चार जित र एक बराबरी खेल्दै १३ अंक बनाएको छ भने लिभरपुल पाँच खेलबाट १० अंक बनाउँदै तेस्रो स्थानमा छ।

एभर्टनले जारी सिजनको सुरुवातमा राम्रो प्रदर्शन गरिरहेको छ। अंकतालिकामा दोस्रो स्थानको चेल्सीको पनि १० अंक छ। चेल्सीले आज साउथ ह्याम्टनसँग खेलिरहेको छ।

प्रकाशित: Oct 17, 2020| 14:46 शनिबार, कात्तिक १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।