आइतबार, असार २८, २०८३

राजस्थान फेरि पराजित, बैंगलोर ७ विकेटले विजयी

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत केहीबेरअघि सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ।
 |  शनिबार, कात्तिक १, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १, २०७७

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत केहीबेरअघि सम्पन्न खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको छ।

१७८ रनको लक्ष्य पछ्याएको बैंगलोरले आईपीएलमा आज छैटौँ जित निकालेको हो।

टस जितेर ब्याटिङ राजेको राजस्थानले ६ विकेटको क्षतिमा सम्पूर्ण ओभर खेल्दै १७७ रन बनाएको थियो। १७८ रनको लक्ष्यका साथ मैदान पसेको बैंगलोरले ७ विकेट बाँकी रहँदै १९.४ ओभर खेलेर लक्ष्य पुरा गरेका हो।

पहिलो पारीमा राजस्थानका लागि कप्तान स्टिभ स्मिथले ५७ रनको अर्धसतकीय पारी खेले। उनले ब्याटिङ लाइनमा केही परिवर्तन गर्दै आफू चौथो नम्बरमा मात्र मैदान प्रवेश गरेका थिए।

राजस्थानका लागि ओपनिङ ब्याटिङमा आएका रोबिन उथप्पाले ४१ रन बनाए भने बेन स्टोक्सले १५ रनको योगदान दिए। त्यस्तै, जस बटलरले २४ रन बनाउँदा राहुल तेबतिया १९ रनमा अविजित रहे।

यता बैंगलोरका लागि क्रिस मोरिसले ४ विकेट लिए भने युजवेन्द्र चाहलले २ विकेट लिँदै बैंगलोरलाई ठूलो योगदान दिए।

त्यसपछि ब्याटिङमा आएको बैंगलोरका ब्याट्स्मेन एबी डिबिलियर्सले सर्वाधिक ५५ रनको अर्धसकीय इनिङ खेल्दै अविजित रहे। साथै कप्तान विराट कोहलीले ४३ रन बनाए भने देवदत्त पोडिक्कलले ३५ रन बनाए। गुरकिरत सिंहले पनि नट आउट १९ रनको योगदान दिए।

यता राजस्थानका श्रेयस गोपाल, कार्तिक त्यागी र राहुल तेबतियाले समान १–१ विकेट लिए।

९ खेलबाट छैटौँ जितसहित १२ अंक बनाएको बैंगलोर अहिले अंकतालिकाको तेस्रो स्थानमा छ। ८ खेलबाट समान १२–१२ अंक बनाएका मुम्बई र दिल्ली क्रमश शीर्षस्थान र दोस्रो स्थानमा छन्।

पराजित राजस्थान रोयल्स भने ५ अंकका साथ सातौँ स्थानमा यथावत् छ।
 

प्रकाशित: Oct 17, 2020| 13:57 शनिबार, कात्तिक १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।