शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीका नेतालाई ओलीले भने- दुई अध्यक्ष मिलेर निर्णय लिन्छौँ, तपाईंहरुले मान्नुपर्छ

कर्णालीका नेतालाई ओलीले भने- दुई अध्यक्ष मिलेर निर्णय लिन्छौँ, तपाईंहरुले मान्नुपर्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशका दुवै पक्षलाई राखेर बालुवाटारमा छलफल गरेका छन्। 
 |  शनिबार, कात्तिक १, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णाली प्रदेशका दुवै पक्षलाई राखेर बालुवाटारमा छलफल गरेका छन्। 

कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध १८ जना सांसदले अविश्वासको प्रस्ताव ल्याएपछि विवाद देखिएको थियो। दुवै पक्षका नेताहरुलाई काठमाडौं छलफलका लागि बोलाइएको थियो। 

बिहीबार र शुक्रबार प्रधानमन्त्री ओलीले कार्यव्यस्तताका कारणले छलफल गर्न नसकेपछि आज दुवै पक्षलाई बोलाएर छलफल गरेका हुन्। 

छलफलमा मुख्यमन्त्री शाहीसहितका नेताहरुले आ–आफ्ना कुराहरु राखेका थिए। सबैका कुरा सुनेपछि अन्तिममा प्रधानमन्त्री ओलीले आफ्नो कुरा राखेका थिए। 

‘प्रधानमन्त्रीले हामी सबैका कुरा सुनेपछि आफ्नो धारणा राख्नुभयो,’ प्रदेश सचिव मायाप्रसाद शर्माले भने। छलफलमा आफूले पार्टी र सरकार प्रभावकारी रुपले सञ्चालन हुनुपर्ने धारणा राखेको उनले बताए। 

‘तपाईंहरुको कुरा मैले सुनें। अब म र पार्टी अध्यक्ष पुष्पकमल दाहाल बसेर छलफल गर्छौँ,’ ओलीको भनाइ उधृत गर्दै उनले भने, ‘हामी उपयुक्त निर्णय लिन्छौँ। तपाईंहरुले पार्टीको निर्णय मान्नुपर्छ।’

छलफलमा पार्टी महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेल, कर्णाली प्रदेशका सह–इन्चार्ज यामलाल कँडेल, मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, प्रदेश अध्यक्ष गोरखबहादुर बोगटी, सचिव मायाप्रसाद शर्मा, केन्द्रीय सदस्यद्वय गुलावजङ्ग शाह र चन्द्रबहादुर शाही सहभागी थिए। 

कार्यकारी अध्यक्ष दाहालले भने यसअघि नै बिहीबार र शुक्रबार नेताहरुसँग छलफल गरेका थिए। आजको छलफलमा अध्यक्ष दाहाल भने सहभागी थिएनन्। उनले आफूले छुट्टै छलफल गरिसकेकाले सहभागी नहुने बताए।

प्रकाशित: Oct 17, 2020| 11:00 शनिबार, कात्तिक १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।