काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै मृतकको कुल संख्या ७२७ पुगेको छ।
अहिले देशभरका अस्पतालका आईसीयूमा २९० जना र भेन्टिलेटरमा ६६ छन्।
काठमाडौं उपत्यकामा आज शनिबार १७ सय ४६ जना कोरोना संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका १४ सय ५१, भक्तपुरका १४३ र ललितपुरका १५२ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा देशभर १५ हजार ४३८ जनाको पीसीआर परीक्षण भएकोमा ३१ सय ६७ जनामा संक्रमण पुष्टि भएको छ। त्यसैगरी १८ सय जना संक्रमणमुक्त भएका छन्।
देशभर अहिले सक्रिय संक्रमित ३८ हजार ७३७ जना छन्।