शुक्रबार, भदौ २६, २०८३

पूर्वसचिव डा. शर्माको  ‘सिंहदरबारको घुम्ने मेच’ सार्वजनिक

पुस्तकमा शर्माको निजी साहस र सरकारी सेवामा रहेका सीमित महिला सचिवहरूले सामना गरेका ऐतिहासिक असहजताको वर्णन छ।
 |  शनिबार, कात्तिक १, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १, २०७७

काठमाडौं- डा. सुधा शर्माको संस्मरणात्मक कृति ‘सिंहदरबारको घुम्ने मेच’ सार्वजनिक भएको छ।

प्रसूति तथा स्त्री रोग विशेषज्ञ शर्माले २०६५ असोजदेखि २०६८ मंसिरसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवको कार्यभार सम्हालेकी थिइन्।

डा. सुधाको पुस्तकमाथि शुभकामना व्यक्त गर्दै पूर्वराष्ट्रपति रामवरण यादवले भनेका छन्, 'पुस्तकमा तपाईंले आफ्नो प्रशासनिक र डाक्टरी जीवनको सारा अनुभव संगालेर राखिदिनुभएको छ यसले आउने पुस्तालाई केही सिक्ने मौका दिएको छ।'

पुस्तकमा शर्माको निजी साहस र सरकारी सेवामा रहेका सीमित महिला सचिवहरूले सामना गरेका ऐतिहासिक असहजताको वर्णन छ।

जो २०६ २६३ को आन्दोलनपछि निर्माण भएको सरकारका निम्तिसमेत चुनौतीपूर्ण रह्यो। जुन सरकारले महिलाको समानुपातिक प्रतिनिधित्वलाई आफूले सर्वोच्च प्राथमिकतामा राखेको उद्घोष गर्थ्यो, त्यही सरकार सशक्त महिला नेतृत्व स्वीकार्नका निम्ति असहजता महसुस गर्ने रोगले ग्रस्त थियो।

बुद्धि र व्यंग्यका साथ चनाखो पारामा लेखिएको यो पुस्तक त्यसबेलाका घटनाहरूको चाखलाग्दो दस्तावेज हो। 

साथै ‘नयाँ नेपाल’ को समायोजनका क्रममा ब्यूरोक्रेसी भित्रको उबडखाबड बाटो हिंड्दाको अन्तरकथा पनि हो यो पुस्तक।

‘डा. शर्माको पुस्तक एक महिलाको कथा हो, जसले पितृसत्ताको असक्षम संरचनामाथि उभिएको ऐनाको महललाई प्रहार गर्ने आँटको कथा बोकेको छ,’ नेपालय पब्लिकेसन्सका सम्पादक भूषिता वशिष्ठ भन्छिन्, 'यस पुस्तकले नेपालमा पहिचान र लिङ्गमाथि चल्ने छलफल बीच अर्थपूर्ण आयाम थप्नेछ।'

पुस्तक नेपालयले यस वर्षका निम्ति तय गरेको महिला शृंखला २०२० अन्तरगतको अन्तिम प्रकाशन हो। यसअघि दुर्गा कार्कीको कुमारी प्रश्नहरू र भुवन ढुंगानाको परित्यक्ता सार्वजनिक भइसकेका छन्। ‘महामारी र बन्दाबन्दीका बीच हामी हाम्रा प्रकाशनलाई सुस्तरी तर निरन्तरताका साथ सार्वजनिक गरिरहेका छौं,’ नेपालय पब्लिकेसन्सका सीईओ सैजन मास्के भन्छिन्।’

पुस्तकको मूल्य ४२५ रुपैयाँ तोकिएको छ।

प्रकाशित: Oct 17, 2020| 09:15 शनिबार, कात्तिक १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।