शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मानव अधिकार उल्लंघनकर्तालाई तत्काल कानुनी दायरामा ल्याउन माग

मानव अधिकार उल्लंघनकर्तालाई तत्काल कानुनी दायरामा ल्याउन माग

जवाफदेहिता निगरानी समितिले मानव अधिकार उल्लंघनका पीडकलाई कानुनी दायरमा ल्याउन सरकारसँग माग गरेको छ।
 |  शनिबार, कात्तिक १, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १, २०७७

काठमाडौं- जवाफदेहिता निगरानी समितिले मानव अधिकार उल्लंघनका पीडकलाई कानुनी दायरमा ल्याउन सरकारसँग माग गरेको छ। 

राष्ट्रिय मानव अधिकार आयोगबाट केही दिनअघि सार्वजनिक प्रतिवेदनको स्वागत गर्दै समितिले पीडकलाई कानुनी दायरमा ल्याई लामो समयदेखि जरा गाडेर बसेको दण्डहीनताको कुसंस्कृति अन्त्य गर्न माग गरेको हो। 

आयोगले असोज २९ गते २०५७ जेठ महिनादेखि २०७७ असारसम्म मानव अधिकार उल्लंघन गर्ने पीडक र संस्थाहरुको नाम सार्वजनिक गरेको थियो।

आयोगको प्रतिवेदनमा बीस वर्षमा गरेका सिफारिस कार्यान्वयन अवस्था र २८६ जना मानव अधिकार उल्लंघनकर्ताको नाम उल्लेख छ। 

समितिका तर्फबाट वरिष्ठ मानव अधिकारकर्मी चरण प्रसाईले विज्ञप्ति प्रकाशित गरी पीडकलाई कानुनी दायरामा ल्याउन, द्वन्दपीडितलगायत पीडितको न्याय सुनिश्चित गर्न र मुलुकमा सुशासनको प्रत्याभूति दिलाउन माग गरेका हुन्।

विज्ञप्तिमा भनिएको छ, 'आयोगले पीडित र अधिकारवादीहरुको मागसमेत सम्बोधन गरी आफ्नो संवैधानिक तथा कानुनी दायित्वबमोजिम सार्वजनिक गरेको प्रतिवेदनका सिफारिस यथाशीघ्र लागू गर्न सरकारसमक्ष निगरानी समिति जोडदार माग गर्दछ।'

समितिले आयोगका सिफारिस कार्यान्वयन गर्न पनि सरकारको ध्यानाकर्षण गराएको छ। आयोगको सिफारिस कार्यान्वयन गर्नु सरकारको दायित्व हुँदाहुँदै पनि सर्वोच्च अदालतले आदेश दिँदा पनि कार्यान्वयन नभएको समितिले चिन्ता व्यक्त गरेको छ।

विज्ञप्तिमा भनिएको छ, 'सशस्त्र द्वन्द्वकालमा राज्य र विद्रोही दुवैतर्फबाट भएका गम्भीर अपराधमा दोषीउपर कुनै कारबाही अघि नबढाएबाट पीडकहरु पुरस्कृत भइरहेका र परीक्षण (भेटिङ) को दायरामा समेत नपरेबाट दण्डहीनता मौलाएको र यसको कुचक्रमा मुलुक फस्दै गएको निगरानी समितिको ठहर छ।'

प्रकाशित: Oct 17, 2020| 08:28 शनिबार, कात्तिक १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।