काठमाडौं- प्रहरीले पर्साको वीरगन्ज क्षेत्रबाट २२ किलो सुन बरामद गरेको छ। वीरगञ्ज महानगरपालिका–५ मा रहेको गणेश अपार्टमेन्टबाट सुन बरामद भएको हो।
उक्त अपार्टमेन्ट भारतीय नागरिकको रहेको अनुसन्धानबाट खुलेको छ। सुन बरामद भए पनि मानिस भने कोही अहिलेसम्म पक्राउ परिसकेका छैनन्।
जिल्ला प्रहरी कार्यालयका पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गंगा पन्त नेतृत्वको टोलीले भारतीय नागरिकको घरमा छापा मारेर लुकाएको अवस्थामा २२ किलो सुन बरामद गरेको हो।
उच्च स्रोतका अनुसार अपरेशन जारी रहेको र थप विवरण आउन बाँकी छ।