शुक्रबार, भदौ २६, २०८३

सुर्खेतमा ४२ वर्षीय कोरोना संक्रमितको मृत्यु

कोरोना भाइरसका कारण सुर्खेतमा थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर–९ सुर्खेतका ४२ वर्षीय पुरुष छन्। 
 |  शनिबार, कात्तिक १, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १, २०७७

सुर्खेत- कोरोना भाइरसका कारण सुर्खेतमा थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरेन्द्रनगर–९ सुर्खेतका ४२ वर्षीय पुरुष छन्। 

उनी लक्षणसहितका संक्रमित हुन्। प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा आज विहान ७ः३० बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मृत्युपछि कोरोनाको आशंकामा जिन एक्सपर्ट विधिबाट परीक्षण गर्दा संक्रमण पुष्टि भएको मन्त्रालयका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए। 

दश दिनदेखि ज्वरो र खोकीबाट ग्रस्त उनलाई शुक्रबार विहान १०ः३० बजे मात्रै प्रदेश अस्पताल भर्ना गरिएको थियो। यो सँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
 

प्रकाशित: Oct 17, 2020| 08:05 शनिबार, कात्तिक १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।