शुक्रबार, भदौ २६, २०८३

कोरोना संक्रमित सांसद पाल आईसीयूमा

नेकपा सांसद पाल तीन दिनअघि दसैं मनाउन आफ्नो घर महेन्द्रनगर पुगेकी थिइन्। उनलाई घर पुगेकी दिन कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।
 |  शनिबार, कात्तिक १, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १, २०७७

काठमाडौं– संसद्को महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पाललाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।

अहिले उनलाई त्रिवि शिक्षण अस्पताल महाराजगन्जको आईसीयूमा राखेर उपचार भइरहेको छ। 

नेकपा सांसद पाल तीन दिनअघि दसैं मनाउन आफ्नो घर महेन्द्रनगर पुगेकी थिइन्। उनलाई घर पुगेकी दिन कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो। 

संक्रमण पुष्टि भएलगत्तै महाकाली अस्पतालमा भर्ना भएकी पालको स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौं ल्याइएको हो।

श्वासप्रश्वासमा कठिनाइ र सुख्खाखोकी धेरै भएका कारणले उनलाई कडाखालका औषधि चलाउनुपर्ने र प्लाज्मा थेरापी पनि गर्नुपर्ने भएकाले उपचारका लागि काठमाडौं ल्याइएको हो।

उनले सामाजिक सञ्जालमार्फत आफूलोई केही सहज महसुस गरेको र छिट्टै निको भएर काम फर्किने जानकारी गराएकी छन्। 

लामो समयदेखि निमोनियाको बिरामी उनले आफूलाई सास फेर्न कठिन भएको र सुख्खा खोकी धेरै लागेको बताएकी छन्।

आफ्नो स्वास्थ्यबारे चिन्ता र चासो व्यक्त गर्ने सबैलाई उनले धन्यवाद दिएकी छन्।

प्रकाशित: Oct 17, 2020| 07:38 शनिबार, कात्तिक १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।