शुक्रबार, भदौ २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कर्णाली प्रदेशका दुवै पक्षसँग प्रधानमन्त्री छलफलमा, दाहाल अनुपस्थित

कर्णाली प्रदेशका दुवै पक्षसँग प्रधानमन्त्री छलफलमा, दाहाल अनुपस्थित

कर्णाली प्रदेशका दुवै पक्षसँग प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गरिरहेका छन्। 
 |  शनिबार, कात्तिक १, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १, २०७७

काठमाडौं- कर्णाली प्रदेशका दुवै पक्षसँग प्रधानमन्त्री केपी शर्मा ओलीले छलफल गरिरहेका छन्। 

साढे ११ बजेदेखि बालुवाटारमा प्रधानमन्त्री ओलीले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, नेकपाका कर्णाली सह–इन्चार्ज यामलाल कँडेल, निलम्बित प्रमुख सचेतक गुलावजंग शाहलगायत दुवै पक्षका नेताहरुसँग छलफल गरिरहेका हुन्।

२९ असोजमा कर्णाली प्रदेशका पदाधिकारीहरुलाई छलफलका लागि काठमाडौं बोलाइएको थियो। प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले संयुक्त छलफल गर्ने भने पनि दुवैअध्यक्षहरुसँग एक्लाएक्लै छलफल भएको हो। 

यसअघि दाहालले बिहीबार मुख्यमन्त्री शाहीको समूहसँग खुमलटारमा छुट्टै भेटवार्ता गरेका थिए। भने शुक्रबार अविश्वासको प्रस्तावको नेतृत्व गरेका यमलाल कँडेल र गुलावजंग शाहसँग भेट गरेका थिए। 

बालुवाटारमा प्रधानमन्त्रीले कर्णाली प्रदेशका दुवै पक्षसँग छलफल गरिरहे पनि त्यहाँ कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल भने उपस्थित छैनन्। 

दाहालले दुवै पक्षसँग कुराकानी गरिसकेकाले आज बालुवाटारमा उपस्थित नभएको उनका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए। 

प्रधानमन्त्रीले छलफल गरेपछि दुईजना अध्यक्ष बसेर छलफल गर्ने कार्यक्रम छ। गत आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै १८ जना सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गराएपछि त्यसले नेकपाको केन्द्रीय राजनीतिमा पनि तरङ्ग ल्याएको छ।

प्रकाशित: Oct 17, 2020| 06:52 शनिबार, कात्तिक १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।