आइतबार, भदौ १४, २०८३

कैलालीमा मठमन्दिरमा पूजापाठ गर्न रोक 

कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न भन्दै कैलालीका मठमन्दिरमा पूजापाठ गर्न नपाइने भएको छ।
 |  शनिबार, कात्तिक १, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १, २०७७

धनगढी–  कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न भन्दै कैलालीका मठमन्दिरमा पूजापाठ गर्न नपाइने भएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीले सूचना जारी गर्दै घटस्थापनादेखि दसमीसम्म शक्तिपिठ तथा मठमन्दिरमा पूजा गर्न रोक लगाएको हो।

जिल्लाका सबै शक्तिपिठ र मन्दिरमा पुजारीले गर्ने नित्यकर्म बाहेक मानिस भेला भएर कुनै प्रकारका पूजाअर्चना, भजनकिर्तन, वलीलगायतका कार्य नगर्न प्रशासनले सूचना जारी गरेको छ।  

प्रशासनले दसैंको अवसरमा सामूहिक भेला भएर शुभकामना आदानप्रदानका कार्यक्रम गर्न समेत रोक लगाएको छ।

राजनीतिक दल, संघसंस्था, क्लब, समूह र सञ्जालहरूलाई भेला भएर शुभकामना आदानप्रदानमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए।

प्रकाशित: Oct 17, 2020| 05:54 शनिबार, कात्तिक १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।