बिहीबार, माघ १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • हेरात सहरका विभिन्‍न चोकमा तालिबानले झुण्ड्यायो चार जनाको शव

हेरात सहरका विभिन्‍न चोकमा तालिबानले झुण्ड्यायो चार जनाको शव

पश्‍चिम अफगानिस्तानको हेरात सहरका विभिन्‍न चोकमा अहिलेको सत्ता सम्हालेको तालिबानले चारजनाको शव झण्ड्याएको छ।
 |  शनिबार, असोज ९, २०७८

बीबीसी

बीबीसी

शनिबार, असोज ९, २०७८

काबुल- पश्‍चिम अफगानिस्तानको हेरात सहरका विभिन्‍न चोकमा अहिलेको सत्ता सम्हालेको तालिबानले चारजनाको शव झण्ड्याएको छ। बीबीसीका अनुसार तालिबानले झण्ड्याएका चारैजनालाई अपहरणको आरोपमा पक्राउ गरेको थियो। 

National life

उनीहरुलाई पहिले गोली हानिएको र मृत्युपछि शव ल्याएर चोकमा झुण्ड्याएको बताइएको छ। तालिबानी अधिकारीहरुले यस घटनामा कुनै आधिकारिक जानकारी भने दिएको छैन। 

तालिबान शासन सजाय भनेके मृत्यु भएको भन्दै सामाजिक सञ्‍जालमा व्यापक विरोध भइरहेको छ। तालिबानी नेता मुल्लाह नुरुद्दीन तुारबीले यही हप्ताको सुरुमा गल्ती गर्नेलाई हुने सजाय भनेकै मृत्यु भएको अथवा शरीरको अंग काटिने बताएका थिए। 

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता शरीरको अंग काट्‍ने सजायप्रति निन्दा गरेका थिए। पछिल्लो दशकमा अफगानिस्तानमा मृत्युदण्ड दिइएको थिएन। अफगानिस्तानको कानुनमा मृत्युदण्डको सजाय भए पनि अहिलेजस्तो हरेक मुद्दाको सजायमा मृत्यु भने दिइएको थिएन। 

अफगानिस्तानमा तालिबानले अगस्त १५ मा कब्जा गरेको थियो भने सेप्टेम्बर ७ मा अन्तरिम सरकार गठन गरेको थियो। सरकार समावेशी नभएको, महिला अधिकारको सम्मान नगरेको भन्दै तालिबानविरुद्ध आन्दोलन भइरहेका छन्। उक्त आन्दोलनहरुलाई दबाउनका लागि विरोध प्रदर्शनमाथि बल प्रयोग गर्ने र धम्की दिने गरिरहेको छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 25, 2021| 19:08 शनिबार, असोज ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।