आइतबार, भदौ १४, २०८३

दसैं सुरु, घटस्थापनाको साइत ११:४६ बजे

आजदेखि नेपालीको महान् चाड दसैं सुरु भएको छ।
 |  शनिबार, कात्तिक १, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १, २०७७

काठमाडौं- आजदेखि नेपालीको महान् चाड दसैं सुरु भएको छ। 

आश्विन शुक्ल प्रतिपदाबाट प्रारम्भ हुने दसैं पर्व दशमीका दिनसम्म विभिन्न धार्मिक अनुष्ठानबाट सञ्चालन गरिन्छ। 

शरद् ऋतुको आगमनसँगै मनाइने यस पर्वलाई शारदीय नवरात्र पनि भनिन्छ। नवरात्रिभर विशेष साधना गरी मनाइने पर्वको पहिलो दिन प्रतिपदा, घटस्थापना वा दुर्गा थाप्ने दिन हो। 

घटस्थापनाका लागि कोट, मन्दिर वा पूजाकोठामा गोबर माटोले लिपपोत गरी पूजावेदी तयार पारिन्छ। घटस्थापनाको साइत बिहान ११ बजेर ४६ मिनेट जाँदा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ।

घटस्थापनाका क्रममा दियो, कलश, गणेशसहित गाईको गहुँतमा भिजाइएको जौ ईशान कोणमा तयार पारिएको वेदीमा छरिन्छ। ईशान कलश वा मध्यभागमा देवीको मूर्ति वा प्रतिमा राखी प्राणप्रतिष्ठासहित भक्तिभावका साथ नौदिने अनुष्ठान सुरु गरिन्छ। 

पहिलो दिन विधिपूर्वक शैल पर्वतकी पुत्री पार्वतीलाई शैलपुत्रीका नामबाट पूजा गरिन्छ। कन्या पूजनका रुपमा साक्षात् दुर्गा स्वरुपा मान्दै दुई वर्षले युक्त भएकी कौमारी (कुमारी) को पूजाका साथ दुर्गासप्तशती चण्डी पाठ गरी प्रथम दिनको उपासना पूरा गर्ने परम्परा छ।
 

प्रकाशित: Oct 17, 2020| 02:00 शनिबार, कात्तिक १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।