आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्याङ्जा जिल्ला प्रवेश गर्न पिसिआर रिपोर्ट अनिवार्य

स्याङ्जा जिल्ला प्रवेश गर्न पिसिआर रिपोर्ट अनिवार्य

आजदेखि स्याङ्जा प्रवेश गर्दा ७२ घण्टा समयावधिको पिसिआर रिपोर्ट अनिवार्य चाहिने भएको छ।
 |  शनिबार, कात्तिक १, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक १, २०७७

स्याङ्जा- आजदेखि स्याङ्जा प्रवेश गर्दा ७२ घण्टा समयावधिको पिसिआर रिपोर्ट अनिवार्य चाहिने भएको छ। जिल्ला प्रशासन कार्यालय स्याङ्जाले कोभिड १९ बाट नागरिकलाई सुरक्षित राख्न नयाँ व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी उमेश बस्नेतले बताए। 

उच्च जोखिम भएका स्थानबाट जिल्ला प्रवेश गर्दा गएराति १२ बजेदेखि लागू हुने गरी उक्त नियम अनिवार्य गरिएको हो। ‘जिल्ला प्रवेश गर्दा अनिवार्यरुपमा ७२ घण्टा समयावधिको पिसिआर रिपोर्ट ल्याउनुपर्छ, नल्याएका तोकिएको क्वारेन्टिनमा अनिवार्य बस्नुपर्छ,’ प्रजिअ बस्नेतको भनाइ छ। 

जिल्लास्थित सर्वदलीय बैठकले चाडपर्व नजिकिँदै गरेको अवस्थामा नागरिकको आवागमन स्वभावतः बढ्ने भएकाले जोखिम बढ्ने भन्दै जिल्लामा कडाई गर्ने ए। 

स्याङ्जा जिल्लाभर लागू हुने गरी स्थानीय प्रशासन ऐन २०२८ र सङ्क्रामक रोग ऐन २०२० को दफा ३ र ४ बमोजिम अधिकार प्रयोग गरी आदेश जारी गरिएको प्रशासनले जनाएको छ। 

प्रशासनले अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन, सभा समारोह भेला तथा भिडभाड नगर्न नगराउन, स्वास्थ्यसम्बन्धी आवश्यक सम्पूर्ण सावधानीहरु अपनाउन आग्रह गरेको छ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० र नेपाली काँग्रेस स्याङ्जाले संयुक्त विज्ञप्ति निकालेर जिल्लामा सभा, सम्मेलन, भेला तथा औपचारिक कार्यक्रम नगर्ने प्रतिवद्धता जनाएका छन्।  

प्रकाशित: Oct 17, 2020| 01:05 शनिबार, कात्तिक १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।