काठमाडौं- सात महिना पहिले भन्दा अहिले नेपालमा कोरोना संक्रमणको जाखिम उच्च छ। यद्यपि सरकारले विदेशी पर्यटक आगमनमा लगाएको रोक आज (शनिबार) देखि खुला गरेको छ।
विश्वव्यापी कोरोना महामारीका कारण सात महिना पहिले अर्थात गत चैत ११ देखि विदेशी पर्यटक आगमनमा रोक लगाइएको थियो।
अहिले नेपालमा कोरोना संक्रमण कतिपय जिल्लामा समुदाय स्तरमै फैलिसकेको भए पनि विदेशी पर्यटक आगमन खुला कात्तिक १ देखि खुला गरेको हो।
नेपाल आउने पर्यटकलाई पिसिआर परीक्षणको रिपोर्ट भने अनिवार्य गरिको छ। नेपाल आउने पर्यटकले अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने पनि सरकारले जनाएको छ। ७ दिन क्वारेन्टिनमा बसेपछि मात्रै उनीहरुले घुम्न पाउने छन्।
यसहरी आउने पर्यटकलाई सहरी क्षेत्रमा भन्दा पहाडी र हिमाली क्षेत्रका पदयात्रा र पर्वतारोहणलाई प्राथमिकता दिएको पर्यटन मन्त्रालयले जनाएको छ।