काठमाडौं- बागमती प्रदेशमा शुक्रबारसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३१८ पुगेको छ।
पछिल्लो २४ घण्टामा प्रदेशमा १३ जनाको मृत्यु भएको सामाजिक विकास मन्त्रालयको विवरणमा उल्लेख छ। शुक्रबार भक्तपुरमा पाँच, काठमाडौंमा तीन, ललितपुरमा दुई, मकवानपुर, रामेछाप र धादिङमा एकएक जनाको निधन भएको छ।
प्रदेशमा अहिलेसम्म काठमाडौंमा सबैभन्दा बढी १५४, भक्तपुरमा ३८ र ललितपुरमा ४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
प्रदेशमा शुक्रबार मात्र दुई हजार ८१२ जनामा कोरोना संक्रमण भएको छ।
आजसम्म बागमती प्रदेशमा कोरोना संक्रमितको संख्या ६१ हजार १२९ पुगेको छ। तीमध्ये २७ हजार २१३ जना कोरोनामुक्त भएका छन्। यस्तै २३ हजार ५९८ जनाको उपचार भइरहेको छ।
नेपालमा शुक्रबारसम्म एक लाख २६ हजार १३७ जनामा कोरोना संक्रमण भएको छ। यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७१५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणमा उल्लेख छ।