आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • ललितपुरमा आइतबारदेखि अत्यावश्यकबाहेक अन्य सेवा बन्द

ललितपुरमा आइतबारदेखि अत्यावश्यकबाहेक अन्य सेवा बन्द

जिल्लामा कोरोना भाइरस संक्रमण तीव्र बन्दै गएपछि प्रशासनले यस्तो निर्णय गरेको हो।
 |  शुक्रबार, असोज ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ३०, २०७७

काठमाडौं- ललितपुरमा आइतबारदेखि अत्यावश्यकबाहेक सबै सेवा स्थगित गरिने भएको छ।

जिल्लामा कोरोना भाइरस संक्रमण तीव्र बन्दै गएपछि प्रशासनले यस्तो निर्णय गरेको हो। ललितपुरमा शुक्रबार मात्र थप ३७४ जनामा कोरोना भाइरस संक्रमण भएको छ।

योसहित जिल्लामा कोरोना संक्रमितको संख्या पाँच हजार ९८७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार  ललितपुरमा ४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। 

सार्वजनिक सेवा प्रवाह गर्ने कार्यालयमावसेवाग्राहीको भीडभाड हुँदा संक्रमण फैलन सक्ने उच्च जोखिम रहेका कारण सेवा बन्द गर्न लागिएको ललितपुर प्रशासनले जनाएको छ।

‘कात्तिक २ गतेबाट अर्को सूचना नभएसम्मका लागि यस जिल्लाभित्र अत्यावश्यक सेवाबाहेकका सेवाप्रवाह स्थगित गरिएको छ,’ ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतद्वारा शुक्रबार जारी सूचनामा उल्लेख छ।

प्रकाशित: Oct 16, 2020| 17:10 शुक्रबार, असोज ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।