आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्यकर्मी पनि लक्षण देखिएमा मात्रै आइसोलेसनमा 

स्वास्थ्यकर्मी पनि लक्षण देखिएमा मात्रै आइसोलेसनमा 

स्वास्थ्यकर्मी पनि कोरोना भाइरस लक्षण देखिएमात्रै क्वारेन्टिन वा आइसोलेसनमा बस्नुपर्ने भएको छ। 
 |  शुक्रबार, असोज ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ३०, २०७७

काठमाडौं– स्वास्थ्यकर्मी पनि कोरोना भाइरस लक्षण देखिएमात्रै क्वारेन्टिन वा आइसोलेसनमा बस्नुपर्ने भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उपचारमा खटिएका स्वास्थ्यकर्मीमा लक्षण वा पोजेटिभ देखिए मात्र आइसोलेसनमा बस्न निर्देशन दिएको हो। 

कोभिड १९ का बिरामीहरूको उपचारमा प्रत्यक्ष रूपमा सम्लग्न स्वास्थ्यकर्मी व्यवस्थापनसम्बन्धी मार्ग निर्देशन, २०७७ परिमार्जन गर्दै यस्तो निर्णय गरिएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए। 

मन्त्रालयको आपतकालीन तथा विपद् व्यवस्थापन एकाइले सबै कोभिड अस्पताललाई पत्राचार गर्दै कोभिड बिरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई कोभिडको लक्षण देखिए वा पोजिटिभ आएमा मात्र क्वारेन्टाइन वा आइसोलेसन राख्नेर बस्ने व्यवस्था गर्न आग्रह गरेको छ। 

यसअघि अस्पतालमा एक हप्ता काम गरेका स्वास्थ्यकर्मीलाई कुनै लक्षण नदेखिँदा पनि अस्पतालले क्वारेन्टिनमा राख्दै आएका थिए। 

प्रकाशित: Oct 16, 2020| 11:13 शुक्रबार, असोज ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।