काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८८ हजार ४० जना पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो कुल संक्रमितको ६९.८ प्रतिशत हो।
नेपालमा शुक्रबारसम्म एक लाख २६ हजार १३७ जनामा कोरोना संक्रमण भएको छ।
संक्रमितमध्ये ७१५ जनाको निधन भएको छ भने सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ जना छ।
पछिल्लो २४ घण्टामा तीन हजार ५२२ जना कोरोनामुक्त भएका छन्।
आजसम्म प्रदेश १ बाट सात हजार ६२७, प्रदेश २ बाट १५ हजार ४०१ र बागमती प्रदेशबाट १५ हजार ४०१ जना कोरोनामुक्त भएका छन्।
गण्डकीमा चार हजार ५७१, लुम्बिनीमा ११ हजार ५७५, कर्णालीमा तीन हजार ७६६ र सुदूरपश्चिमबाट सात हजार ८८७ जना कोरोनामुक्त भएको मन्त्रालयको विवरणमा उल्लेख छ।