काठमाडौं– नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ७१५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शुक्रबार थप २१ जना संक्रमितको मृत्यु भएको हो।
नेपालमा कुल संक्रमितमध्ये ०.५७ प्रतिशत संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।