आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपाको माथिदेखि तलसम्मका समस्या एकै पटक हल गर्छौं : दाहाल 

नेकपाको माथिदेखि तलसम्मका समस्या एकै पटक हल गर्छौं : दाहाल 

सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा माथिदेखि तलसम्म देखिएको विवाद एकै पटक समाधान गर्ने प्रतिबद्धता जनाएका छन्। 
 |  शुक्रबार, असोज ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ३०, २०७७

काठमाडौं–  सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा माथिदेखि तलसम्म देखिएको विवाद एकै पटक समाधान गर्ने प्रतिबद्धता जनाएका छन्। 

कर्णाली सरकारविरुद्ध अविश्वास प्रस्तावको नेतृत्व गरेका यामलाल कँडेल, मुख्यमन्त्रीले प्रमुख सचेतकबाट हटाएका गुलावजंग शाह लगायत पार्टी नेतासँग शुक्रबार काठमाडौंमा गरेको छलफलमा अध्यक्ष दाहालले यस्तो प्रतिबद्धता जनाएका हुन्। 

‘अविश्वासको प्रस्ताव ल्याउन अहिले हतार गर्न हुन्न थियो। यो पार्टी एकता, स्थायी कमिटीको बैठकको मर्मविपरीत भयो,’ दाहाललाई उधृत गर्दै भेटमा सहभागी कर्णाली प्रदेश कमिटी सचिव मायाप्रसाद शर्माले भने, ‘दुवै अध्यक्षबीच छलफल गरी पार्टीमा माथिदेखि तलसम्म देखिएका समस्या समाधान गर्छौं।’

पार्टी एकता बचाउने र सरकारका काम प्रभावकारी बनाउने विषयमा सबै गम्भीर हुनु आवश्यक रहेको दाहालको भनाइ थियो।

छलफलमा सांसद कँडेलले अविश्वासको प्रस्ताव ल्याउनुको कारणबारे अध्यक्ष दाहाललाई जानकारी गराएका थिए।

‘यामलालजीले सरकारको समीक्षा र अविश्वासको प्रस्ताव ल्याउनुको कारणबारे कुरा राख्नुभयो’, कँडेलको भनाइ उधृत गर्दै शर्माले भने, ‘सबै मिलेर अविश्वास प्रस्ताव ल्याएको हो। अहिले आउन आवश्यक थियो र ल्याएका हौं।’ 

मुख्यमन्त्री शाहीले सरकार गठनदेखि नै प्रभावकारी काम गर्न नसकेको, पार्टी र सरकारबीच समन्वय नगरेर अघि बढेकाले समस्या देखिएको असन्तुष्ट नेताहरुले दाहाललाई बताएका थिए। 

कर्णालीमा मुख्यमन्त्री एवम् संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध सांसद यमलाल कँडेलसहित १८ जनाले अविश्वासको प्रस्ताव दर्ता गरेपछि विवाद चुलिएको छ। 

विवाद समाधानका लागि मुख्यमन्त्री शाहीसहितका असन्तुष्ट पक्षीय सांसद र पार्टीका कर्णाली प्रदेशका पदाधिकारी यतिबेला काठमाडौंमा छन्। 

उनीहरु काठमाडौं बोलाइएको दुई दिन भइसक्दा पनि अहिलेसम्म अध्यक्षद्वयासँग संयुक्त छलफल हुन सकेको छैन। 

कार्यकारी अध्यक्ष दाहालले भने दुवै पक्षका नेताहरुसँग छलफल गरेका छन्।

बिहीबार मुख्यमन्त्री शाहीसहितका सांसद र नेताहरूसँग छलफल गरेका दाहालले शुक्रबार अविश्वास प्रस्तावको नेतृत्व गरेका सांसद यमलाल कँडेल र मुख्यमन्त्रीले प्रमुख सचेतकबाट हटाएका सांसद गुलावजंग शाहसँग छलफल गरेका हुन्। 
 

प्रकाशित: Oct 16, 2020| 09:40 शुक्रबार, असोज ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।