आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री ओलीलाई डा. भट्टराईको व्यंग्य– ‘ढाँटको कुरा खाई पत्याउनु!’

प्रधानमन्त्री ओलीलाई डा. भट्टराईको व्यंग्य– ‘ढाँटको कुरा खाई पत्याउनु!’

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुराले हैन काम गरेर देखाउन आग्रह गरेका छन्।  
 |  शुक्रबार, असोज ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ३०, २०७७

काठमाडौं– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुराले हैन काम गरेर देखाउन आग्रह गरेका छन्।  

प्रधानमन्त्री ओली भ्रष्टाचारप्रति सॉच्चै शून्य सहनशीलता हो भने बूढीगण्डकीलगायतका आयोजनामा भएका भ्रष्टाचार छानबिनमा अघि बढ्नुपर्ने डा. भट्टराईको भनाइ छ।

भट्टराईले बूढीगण्डकी आयोजनामा प्रधानमन्त्री ओली तथा पूर्वप्रधानमन्त्रीद्वय शेरबहादुर देउवा र पुष्पकमल दाहालले नौ अर्ब रुपैयाँ बाँडेर खाएको आरोप लगाउँदै आएका छन्।

प्रधानमन्त्री ओलीले बाबुरामको उक्त भनाइ निराधार र भ्रामक रहेको अभिव्यक्ति दिएपछि भट्टराईले ट्विटरमा प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै लेखेका छन्, 'कुराले हैन काम गरेर देखाउनोस्। नत्र ढाँटको कुरा खाई पत्याउनु!’

भट्टराईले लेखेका छन्, ‘प्रधानमन्त्री ओलीको भ्रष्टाचारप्रति सॉच्चै शुन्यसहनशीलता हो भने बूढीगण्डकी, एनसेल, वाइडबडी, सुरक्षा प्रेस, यती, ओम्नीलगायत सबै ठूला भ्रष्टाचार प्रकरणको उच्चस्तरीय/निष्पक्ष छानबिन गर्न कसले रोकेको हो त?’

गोरखामा केही दिनअघि आयोजित एउटा सार्वजनिक कार्यक्रममा डा. भट्टराईले ओली, देउवा र दाहाललाई भ्रष्टाचार गरेको आरोप लगाएका थिए।

कांग्रेसले भट्टराईको अभिव्यक्तिको खण्डन गर्दै प्रमाण पेस गर्न आग्रह गरेको छ। यस्तै सत्तारुढ नेकपाले पनि भट्टराईको आरोप भ्रामक रहेको प्रतिक्रिया दिएको छ। 

प्रकाशित: Oct 16, 2020| 07:55 शुक्रबार, असोज ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।