पोखरा- गण्डकी प्रदेशमा पहिलोपटक कोरोना संक्रमित सुरक्षाकर्मीको मृत्यु भएको छ।
बागलुङ घर भएका २५ वर्षीय पुरुषको मनिपाल शिक्षण अस्पतालमा शुक्रबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी गराएको छ।
ढोरपाटन नगरपालिका २ का ती पुरुषमा गत मंगलबार कोरोना पुष्टि भएको थियो। उनी सशस्त्र प्रहरी बल मुस्ताङमा कार्यरत थिए।
योसँगै गण्डकीमा मृतक संख्या ४८ पुगेको छ । मृत्यु हुनेमा कास्कीका १३, नवलपुर र तनहुँका ९र९, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका २ र म्याग्दीका १ जना छन्।