आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोना संक्रमणबाट सुर्खेतमा २२ वर्षीय युवकको मृत्यु

कोरोना संक्रमणबाट सुर्खेतमा २२ वर्षीय युवकको मृत्यु

कोरोना भाइरस संक्रमणबाट सुर्खेतमा थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका–२ का २२ वर्षीय युवक छन्। 
 |  शुक्रबार, असोज ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ३०, २०७७

सुर्खेत– कोरोना भाइरस संक्रमणबाट सुर्खेतमा थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गुर्भाकोट नगरपालिका–२ का २२ वर्षीय युवक छन्। 

ती युवकको प्रदेश अस्पताल सुर्खेतमा उपचार गर्दागर्दै बिहीबार साँझ मृत्यु भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

शौचालय गएका बेला बुधबार एक्कासि मुखमा फिँज आएको र बेहोस अवस्था भेटिएपछि उनलाई राति ११ बजे  प्रदेश अस्पताल सुर्खेतमा भर्ना गरिएको थियो। स्वास्थ्य जाँच गर्दा उनको फोक्सोको बाहिरी भागमा हावा भरिएको थियो।

कोरोना आशंका लागेर उनको बिहीबार नै स्वाव संकलन गरिएको थियो। तर रिपोर्ट नआउँदै साँझ ५ बजे उनको मृत्यु भएको मन्त्रालयको स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए। 

बिहीबार साँझ ७ः३० प्रदेश अस्पाताल÷पशुपन्छी रोग अन्वेषण प्रयोशाला सुर्खेतमा गरिएको परीक्षणले उनको कोरोना पुष्टि भएको थियो। योसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ।

प्रकाशित: Oct 16, 2020| 07:26 शुक्रबार, असोज ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।