आइतबार, भदौ १४, २०८३

विराटनगरमा थप तीन कोरोना संक्रमितको मृत्यु

विराटनगरमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। विराटनगरका २ र रतुवामाईका १ जनाको मृत्यु भएको हो। 
 |  शुक्रबार, असोज ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ३०, २०७७

विराटनगर– विराटनगरमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। विराटनगरका २ र रतुवामाईका १ जनाको मृत्यु भएको हो। 
विराटनगर–३ बुद्धचोकका संक्रमित ६५ वर्षीय पुरुषको उपचारका क्रममा नोबेल शिक्षण अस्पतालमा शुक्रबार बिहान मृत्यु भएको हो।
 
अस्पताल प्रबन्ध नारायण दाहालले ६५ वर्षीय पुरुषको बिहान ३ बजेतिर मृत्यु भएको जानकारी दिए। उनका अनुसार कोशी अस्पतालको प्रयोगशालामा पीसीआर परीक्षण गराउँदा बुधबार वृद्धको रिपोर्ट पोजेटिभ आएको थियो।
 
श्वासप्रश्वासको समस्या बढेपछि बिहीबार साँझ ५ बजे नोबेलको कोभिड अस्पतालको आइसोलेसनमा भर्ना गरिएका वृद्धको उपचारका क्रममा मृत्यु भएको दाहालको भनाइ छ। विराटनगर महानगरपालिका–१० का कोरोना भाइरस संक्रमित एक पुरुषको उपचारका क्रममा न्युरो अस्पतालमा मृत्यु भएको छ। 

अस्पतालका प्रशासकीय अधिकृत सुरेश आचार्यका अनुसार ५१ वर्षीय पुरुषको बिहीबार राति ८ बजेतिर मृत्यु भएको हो। स्वाबको पीसीआर परीक्षण गराउँदा असोज २० गते रिपोर्ट पोजेटिभ आएका पुरुषको न्युरोकै कोभिड अस्पतालमा उपचार भइरहेको थियो। उनलाई उपचारका लागि असोज २३ गते अस्पताल भर्ना गरिएको थियो । 

मोरङको रतुवामाई नगरपालिका–७ सिजुवाका कोरोना संक्रमित ४८ वर्षीय पुरुषको बिहीबार साँझ ७ः४० बजेतिर ज्यान गएको छ। श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि पुरुषलाई उपचारका लागि गत बुधबार विराट नर्सिङ होममा भर्ना गरिएको परिवारले जनाएको छ।

उनको पीसीआर परीक्षण रिपोर्ट बिहीबार नै पोजेटिभ आएको थियो। विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालले डिस्चार्ज दिएपछि घर लैजाँदै गरिएका संक्रमितको मृत्यु भएको हो। 


 

प्रकाशित: Oct 16, 2020| 07:16 शुक्रबार, असोज ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।