आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अस्पतालबाट घर लैजाँदै गर्दा काेराेना संक्रमितको मृत्यु 

अस्पतालबाट घर लैजाँदै गर्दा काेराेना संक्रमितको मृत्यु 

मोरङको रतुवामाई नगरपालिका–७ सिजुवाका ४८ वर्षीय पुरुषको बिहीबार साँझ ७ः४० बजेतिर ज्यान गएको हो। 
 |  शुक्रबार, असोज ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ३०, २०७७

विराटनगर – विराटनगरको विराट नर्सिङ होम एवं विराटनगर अस्पतालले डिस्चार्ज गरेपछि घर लैजाँदै गरिएका कोरोना भाइरस संक्रमित एक पुरुषको मृत्यु भएको छ। 

मोरङको रतुवामाई नगरपालिका–७ सिजुवाका ४८ वर्षीय पुरुषको बिहीबार साँझ ७ः४० बजेतिर ज्यान गएको हो। 

घर ल्याइपुर्याउन नपाईकन उनको बीच बाटैमा मृत्यु भएको रतुवामाई नगरपालिकाका प्रमुख रविन राईले बताए। 

श्वासप्रश्वास र निमोनियाको समस्या देखिएपछि पुरुषलाई उपचारका लागि गत बुधबार नर्सिङ होममा भर्ना गरिएको परिवारले जनाएको छ। 

उनको पीसीआर परीक्षण रिपोर्ट बिहीबार नै पोजेटिभ आएको प्रमुख राईले बताए। 

इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षक विष्णु खड्काले मृत्यु भएका संक्रमितको घरलाई सिल गर्दै शव सुरक्षित राखेर व्यवस्थापनका लागि नेपाली सेनालाई जिम्मा लगाउने तयारी भइरहेको जानकारी दिए। 

अस्पतालका प्रशासन प्रमुख पदम विनाडीले भने आफन्तकै जबरजस्तीका कारण बिरामीलाई डिस्चार्ज दिइएको बताउँदै अस्पतालबाट बिरामी लगिसकेपछि कोरोना रिपोर्ट पोजेटिभ आएको बताए। 

उनका अनुसार विराट शिक्षण अस्पतालकै प्रयोगशालामा स्वाबको पीसीआर परीक्षण गरिएको थियो। संक्रमित बिरामीलाई घर लैजान नदिने गरेको र थप उपचारका लागि कोभिड अस्पताल लैजाने गरिएको विनाडीको भनाइ छ। 

कोरोना पुष्टि भएका बिरामीलाई अस्पतालले डिस्चार्ज दिएर घर पठाएको र लैजाँदालैजाँदै बाटैमा मृत्यु भएको विषयमा अस्पतालसँग जानकारी मागिएको मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाले बताए। 

प्रकाशित: Oct 16, 2020| 06:05 शुक्रबार, असोज ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।