आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्माण सम्पन्न भएको वर्षदिन नपुग्दै कालोपत्रे उप्कियो, सडक भासियो

निर्माण सम्पन्न भएको वर्षदिन नपुग्दै कालोपत्रे उप्कियो, सडक भासियो

डडेल्धुरा सदरमुकामबाट दुई जिल्ला जोड्ने उग्रतारा–मेलौली सडकको केही भाग भासिएको हो।
 |  शुक्रबार, असोज ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ३०, २०७७

डडेल्धुरा- कालोपत्रे सम्पन्न गरेर हस्तान्तरण भएको एक नहुँदै कालोपत्रे उप्किनुका साथै सडक भासिएको छ। 

डडेल्धुरा सदरमुकामबाट दुई जिल्ला जोड्ने उग्रतारा–मेलौली सडकको केही भाग भासिएको हो। गत आर्थिक वर्षमा निर्माण सम्पन्न यो सडक अजयमेरु गाउँपालिका १ पुईलेक बजारको भाग भासिनुका साथै कालोपत्रे उप्किएको छ।

सडक निर्माण थालिएको झण्डै तीन दशक पछि केही खण्ड कालोपत्रे गरिएको थियो। यो सडक डडेल्धुराको उग्रताराबाट बैतडीको मेलौली जोड्ने गरी निर्माण भएको छ। 

सडक पहिलो चरणमा ८ किलोमिटर कालोपत्रे सम्पन्न भएको थियो। यस सडकखण्डमा कालोपत्रे गर्दा लगाईएका प्रायः पर्खाल पनि भत्किएका छन्।

आर्थिक वर्ष ०७४–७५ मा पहिलो पटक ८ किलोमिटर सडक कालोपत्रे गर्न सडक डिभिजन कार्यालयले १२ करोड बजेट विनियोजन गरेको थियो। अमरगढी नगरपालिका ७ रातागौनबाट अजयमेरु गाउँपालिका १ समैजीको बयलडाँगासम्म कालोपत्रे भएको सडकमा करिब डेढ दर्जन पर्खाल छन्। 

सडक निर्माणकै क्रममा पनि एक दर्जन पर्खाल भासिनुका साथै सडक छेउ छोडी भत्किएका थिए। त्यस बखत पर्खाल पुनः लगाईएका थिए। त्यतिबेला सडक कालोपत्रे गर्ने डडेल्धुराकै स्थानीय निर्माण व्यवसायी केएस कन्ट्रक्सन कार्वाहीमा परेको थियो। 

सोही निर्माण कम्पनीले अहिले पनि बयलडाँगाभन्दा अगाडि सडक खण्ड र पोखरा–बेलापुर सडक कालोपत्रे गरिरहेको छ।

सबै ठाँउमा निर्माण कम्पनीले काम गर्न नसक्दा पेटी ठेकेदारको जिम्मा दिईने भएकाले गुणस्तर अनुसारको काम नभएको हुनसक्ने केएस कन्ट्रक्सनका तत्कालिन इञ्चार्ज तथा सब ओभरसेयर जीतबहादुर तामाङले बताए।

यस्तै  डडेल्धुरा अस्पतालको भवन निमार्णसमेत ठेक्का पाएको केएस कन्ट्रक्सनले पोखरा, बेलापुर सडक खण्डबाट कमसल ढुंगा ल्याइएको र डडेल्धुरा अस्पताल निर्माण गरिरहेको स्थानीयको आरोप छ। 

प्रकाशित: Oct 16, 2020| 04:45 शुक्रबार, असोज ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।