आइतबार, भदौ १४, २०८३

फोन गर्न आधा घण्टा पैदल यात्रा

कसैलाई फोन गर्नुपरेमा  करिब आधा घण्टा पैदल हिँडेर टावर टिप्ने स्थानमा पुग्नुपर्ने हुन्छ । 
 |  शुक्रबार, असोज ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ३०, २०७७

तनहुँ- तनहुँको आँबुखैरेनी गाउँपालिका ५ र ६ वडाका बासिन्दाले अझै सहज सञ्चार सुविधा उपभोग गर्न पाएका छैनन्। 

त्यस क्षेत्रका बासिन्दाले कसैलाई फोन गर्नुपरेमा  करिब आधा घण्टा पैदल हिँडेर टावर टिप्ने स्थानमा पुग्नुपर्ने हुन्छ । 

समुद्री सतहदेखि करिब एक हजार २०० मिटर उचाइमा रहेको सो स्थानका बासिन्दा फोन गर्न टावरले टिप्ने डाँडाकाँडामा पुग्नुपर्ने अवस्था रहेको आँबुखैरेनी गाउँपालिका ६ का वडाध्यक्ष सुनाराम गुरुङले बताए। 

हिलेखर्क पर्यटकीय दृष्टिकोणले गन्तव्यस्थलको रूपमा परिचित भए पनि सञ्चार र विद्युत्ले छुन नसक्दा ओझेलमा परेको उनको भनाइ छ।  

आँबुखैरेनी गाउँपालिका ५ टेलिकमले टावर राख्ने कार्यको सुरुआत गरे पनि वडा नं ६ मा भने कुनै पनि सुरसार नभएको वडाध्यक्ष गुरुङले बताए। 

यस वडामा करिब तीन हजार जनसङ्ख्या छ। वडाध्यक्ष गुरुङले भने, ‘विद्युत् र सञ्चार क्षेत्रमा यहाँका बासिन्दा पछि पर्दै गएकाले कष्टकर जीवन बिताउँदै आएका छन्।’

उक्त क्षेत्रमा विद्युतका पोल गाडे पनि बिजुली तार टाँग्ने कार्य बाँकी रहेकाले टेलिकम र एनसेलको टावर राख्न कठिनाइ भएको हो। जहाँ पायो त्यही टावरले टिप्दैन। उनले भने, ‘फोन सम्पर्क गर्नका लागि घरदेखि टाढा डाँडामा गएर टावर टिप्ने स्थानमा पुग्नुपर्ने हुन्छ।’  


सम्बन्धित निकायमा पटक–पटक घच्घच्याए पनि दशैँपछि हुन्छ भन्ने आश्वासन पाएको उनले बताए। चितवनस्थित कविलासको टावरले टिप्ने स्थानमा गएर सम्पर्क गर्नुपर्ने अवस्था रहेको सोही वडास्थित कन्यादेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मणप्रसाद सिंखडाले बताए। 

गाउँभन्दा पर डाँडामा गएर सम्पर्क गर्नु यहाँका बासिन्दालाई बानीजस्तै भएको छ। ‘सहजरूपमा सञ्चारको पहुँच पुग्न नसक्दा स्थानीयवासीले सास्ती भोग्नुपरेको छ,’ उनले भने। 

जिल्लाका नेता गोविन्द भट्टराई, प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ, गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानलगायत नेतालाई यहाँको सञ्चार अवस्थाका बारेमा आफूले पटक–पटक जानकारी गराएको प्रअ सिंखडाले बताए।  

प्रकाशित: Oct 16, 2020| 03:06 शुक्रबार, असोज ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।