आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट ज्यान गुमाउनेको संख्या विश्वभर ११ लाख नाघ्यो, कुन देशमा कतिको मृत्यु ? 

कोरोनाबाट ज्यान गुमाउनेको संख्या विश्वभर ११ लाख नाघ्यो, कुन देशमा कतिको मृत्यु ? 

पछिल्लो एक हप्तामा मात्रै कोरोनाबाट ३५ हजार ९ सय ९९ जनाको मृत्यु भएको छ भने एक महिनामा १ लाख ५४ हजार २ सय ५४ जनाको मृत्यु भएको छ । 
 |  शुक्रबार, असोज ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ३०, २०७७

काठमाडौं- २ सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट ज्यान गुमाउनको संख्या ११ लाख नाघेको छ । 

वल्डओ मिटरका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार १ सय ७ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ११ लाख २ हजार ८ सय ४४ पुगेको हो । 

पछिल्लो एक हप्तामा मात्रै कोरोनाबाट ३५ हजार ९ सय ९९ जनाको मृत्यु भएको छ भने एक महिनामा १ लाख ५४ हजार २ सय ५४ जनाको मृत्यु भएको छ । 

जोन हपकिन्स विश्वविद्यालयले भने कोरोनाबाट हालसम्म १० लाख ९७ हजार २ सय २८ जनाको मृत्यु भएको उल्लेख गरेको छ । विश्व स्वास्थ्य संगठनले भने कोरोनाबाट १० लाख ८९ हजार ४७ जनाको मृत्यु भएको जनाएको छ ।

कोरोनाबाट सबैभन्दा धेरैको मृत्यु अमेरिकामा भएको छ । जहाँ हालसम्म २ लाख १७ हजार ७ सय ५४ जनाको मृत्यु भएको छ । भारतमा कोरोनाबाट १ लाख ११ हजार २ सय ६६ जनाको ज्यान गएको छ। 

यस्तै जोन हपकिन्स विश्वविद्यालयका अनुसार शुक्रबार बिहानसम्ममा ब्राजिलमा कोरोनाबाट १ लाख ५२ हजार ४ सय ६०, मेक्सिकोमा ८५ हजार २ सय ८५,  बेलायतमा ४३ हजार ३ सय ८३ जनाको मृत्यु भएको छ । 

त्यस्तै इटालीमा ३६ हजार ३ सय ७२, स्पेनमा ३३ हजार ५ सय ५३, पेरुमा ३३ हजार ५ सय १२, फ्रान्समा ३३ हजार १ सय ४६, इरानमा २९ हजार ६ सय ५, कोलम्बियामा २८ हजार ४ सय ५७ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

नेपालमा भने कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय ९४ पुगेको छ।
 

प्रकाशित: Oct 16, 2020| 02:50 शुक्रबार, असोज ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।