आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विद्युतका ३० कर्मचारीमा कोरोना संक्रमण, फ्युज बाहेकका सेवा बन्द

विद्युतका ३० कर्मचारीमा कोरोना संक्रमण, फ्युज बाहेकका सेवा बन्द

३० जना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि नेपाल विद्यतु प्राधिकरण विराटनगर वितरण केन्द्र शुक्रबारदेखि बन्द भएको छ।
 |  शुक्रबार, असोज ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ३०, २०७७

विराटनगर- ३० जना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि नेपाल विद्यतु प्राधिकरण विराटनगर वितरण केन्द्र शुक्रबारदेखि बन्द भएको छ।

वितरण केन्द्रको महसुल काउण्टरलगायतका सबै सेवा बन्द गरिएको केन्द्र प्रमुख राजिव सिंहले बताए। प्रशासन र प्राविधिक दुवै तर्फका कर्मचारीमा संक्रमण देखिएको सिंहले जानकारी दिए। 

स्थायी र करार गरि १ सय ८० कर्मचारी रहेको वितरण केन्द्रमा बुधबार र बिहीबार गरिएको पीसीआर परीक्षणमा संक्रमण देखिएको हो। 

संक्रमितको सम्पर्कमा आएका अन्य कर्मचारीको पनि पीसीआर परीक्षण गर्नुपर्ने भएकाले वितरण केन्द्र बन्द गरिएको प्रमुख सिंहले बताए।

एक सयभन्दा बढी कर्मचारीको परीक्षण गर्न बाँकी रहेको बताइएको छ। वितरण केन्द्रले सूचना निकालेर सेवन बन्द गरिएको जनाएको छ। 
 

प्रकाशित: Oct 16, 2020| 02:42 शुक्रबार, असोज ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।