आइतबार, भदौ १४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाबाट विश्वभर एकै दिन ३ लाख ९८ हजार संक्रमित, २४ घण्टामा कहाँ के भयो ? 

कोरोनाबाट विश्वभर एकै दिन ३ लाख ९८ हजार संक्रमित, २४ घण्टामा कहाँ के भयो ? 

अहिलेसम्मको रेकर्ड तोड्दै कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा विश्वभर ३ लाख ९८ हजारभन्दा धेरै संक्रमित भएका छन् । 
 |  शुक्रबार, असोज ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ३०, २०७७

काठमाडौं- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट पछिल्लो २४ घण्टामा विश्वभर ३ लाख ९८ हजारभन्दा धेरै संक्रमित भएका छन् । 

अहिलेसम्मको रेकर्ड तोड्दै एकै दिनमा यति धेरै संक्रमित थपिएको पहिलो पटक हो । यसअघि बुधबार (अस्ति) ३ लाख ८२ हजारभन्दा धेरै संक्रमित भएका थिए । 

पछिल्लो एक हप्तामा मात्रै २३ लाख ८९ हजार ५ सय ३४ जना संक्रमित थपिएका छन् भने पछिल्लो एक महिनामा ९२ लाख ९२ हजार ९ सयभन्दा धेरै संक्रमित भएका छन्। 

 ओ मिटरका अनुसार कोरोनाबाट पछिल्लो २४ घण्टामा ६ हजार १ सय ७ जनाको मृत्यु भएको छ भने बुधबार ६ हजार ७५ को मृत्यु भएको थियो । 

पछिल्लो एक हप्तामा मात्रै कोरोनाबाट ३५ हजार ९ सय ९९ जनाको मृत्यु भएको छ भने एक महिनामा १ लाख ५४ हजार २ सय ५४ जनाको मृत्यु भएको छ । 

जोन हपकिन्स विश्वविद्यालयका अनुसार कोरोनाबाट हालसम्म ३ करोड ८८ लाख ३३ हजारभन्दा धेरै संक्रमित भएका छन् भने १० लाख ९७ हजार २ सय २८ को मृत्यु भएको छ । 

पछिल्लो २४ घण्टामा कहाँ कति संक्रमित ? 

कोरोनाबाट पछिल्लो २४ घण्टामा अमेरिकामा ६६ हजार ६१, भारतमा ६० हजार ४ सय ३९, फ्रान्समा ३० हजार ६ सय २१, ब्राजिलमा २९ हजार ४ सय ९८, बेलायतमा १८ हजार ९ सय ८०, अर्जेन्टिनामा १७ हजार ९६, रुसमा १३ हजार ७ सय ५४, स्पेनमा १३ हजार ३ सय १८, इटालीमा ८ हजार ८ सय ४, जर्मनीमा ७ हजार ७४ जना संक्रमित थपिएका छन् । 

नेपालमा भने पछिल्लो २४ घण्टामा ३ हजार ७ सय ४९ जना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७ सय ४५ पुगेको छ ।  हिजो मात्रै कोरोनाबाट १९ जनाको मृत्यु भएको थियो भने हालसम्म मृतकको संख्या ६ सय ९४ पुगेको छ। 
 

प्रकाशित: Oct 16, 2020| 02:10 शुक्रबार, असोज ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।