आइतबार, भदौ १४, २०८३

निलो प्रकाश दिने चश्मा फाइदाजनक

स्क्रिनले आँखा र निन्द्रामा असर पार्ने पक्का हो । यस्तोमा निलो प्रकाश दिने चश्मा निन्द्रा र कार्यक्षमताका लागि फाइदाजनक तथा सहयोगी भएको एक अध्ययनले देखाएको छ। 
 |  शुक्रबार, असोज ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ३०, २०७७

काठमाडौं– कोरोना संक्रमणले अधिकांश मानिस घरभित्रै सिमित छन्। बाहिर निस्कनेहरु पनि त्यति धेरै सक्रिया सामाजिक जीवनमा व्यस्त हुन चाहँदैनन् । यस्तो बेलामा स्क्रिनहरूको प्रयोग बढी हुने गरेको छ।

स्क्रिनले आँखा र निन्द्रामा असर पार्ने पक्का हो। यस्तोमा निलो प्रकाश दिने चश्मा निन्द्रा र कार्यक्षमताका लागि फाइदाजनक तथा सहयोगी भएको एक अध्ययनले देखाएको छ। 

घरमै बसेको बेला विद्युतीय सामग्रीहरु स्क्रिनमा हेर्ने क्रम बढेको बेला यस्तो अध्ययनको निश्कर्ष सार्वजनिक भएको हो।  

पछिल्लो समय काम गर्ने, मिटिङ गर्ने वा समय कटाउने प्रयोजनका लागि मोबाईल, कम्युटर, टिभीलगायतका विद्युतीय सामग्रीहरूको प्रयोग बढेको पाइएको छ।  

विविध कारणले विद्युतीय सामग्रीको स्क्रिन धेरै हेर्ने व्यक्तिहररूले सुत्ने बेलामा निलो प्रकाश दिने चश्मा लगाएमा निन्द्रा सजिलै लगाउन सहयोग गर्ने अध्ययनकर्ताहररूको भनाइ छ।  

त्यस्तो चश्माले भोलीपल्टको कामलाई प्रभावकारी बनाउन पनि सहयोग गर्ने अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ। 

‘हामीले अध्ययनबाट यो पत्ता लगाएका छौँ कि, निलो प्रकाश दिने चश्मा लगाउँदा निन्द्रा राम्रो लाग्ने, काममा व्यस्त हुन सकिने, कार्यसम्पादन प्रभावकारी हुने, मानवीय व्यवहार राम्रो हुने देखिएको छ,’ इन्डीयाना विश्वविद्यालयका सह प्राध्यापक तथा अध्ययनमा संलग्न  क्रिश्चियानो एल गौरानाले भनेका छन्।  

प्रकाशित: Oct 16, 2020| 01:58 शुक्रबार, असोज ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।